मंगलबार, असोज १२ २०७८
काठमाडौं ००:५४
वासिङटन डिसी 15:09

भाषणमात्र हैन परिणाममुखी कामको लागि मेरो उम्मेदवारी

इनेप्लिज २०७४ जेठ २७ गते ०:४७ मा प्रकाशित

आदरणीय सम्पुर्ण नेपाली समुदाय भित्र बसोबास गर्नु हुने आमा बुवा , दाजुभाइ र दिदिबहिनी लगाएत समाजमा हुनु हुने सबै ब्यापारी बर्ग ,पत्रकारज्युहरु ,

खेलकुद अनि खेलकुद संग सम्बन्धित सम्पुर्ण खेलाडी तथा खेल प्रति शुभचिन्तक एवम सबै क्षेत्र संग सम्बन्धित साथिहरुमा म कर्ण चन्दको हार्दिक अभिबादन !

मेरो जन्म सुदुर पश्चिम महाकाली अंचल (प्रदेश ७) अन्तरगत बैतडी जिल्लाको दशरथ चन्द नगर पालिका हाल लस एन्जल्स क्यालिफोर्निया ।लगभग दुई दसक लामो स्वदेशी तथा बैदेशिक यात्रा को वरिपरि विभिन्न सामजिक सघ संस्था र सामुदायिक कार्यक्रमहरु सन्चालन गर्ने अनेकौ संघ ,संगठन हरुको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको उतार चढ़ाव सङ्गै सङ्कलन गरेका विविध तिता मिठा अनुभवहरु लाई नै मुख्य आधार बनाएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त बिदेशमा रहने सबै प्रबासी हामी नेपालीहरुको एक मात्र साझा कानुनी अधिकार सहित समाजिक सेवा गर्न पाउने सस्था भित्र आवद्ध भएर अझै केही समाज र समुदाय का लागि सके सम्मको सकारात्मक काम गर्ने वाचा लिएर २०१७ -२०१९ को एनआरएनएएन सिसि युएसएको चुनावमा बोर्ड अफ डाइरेक्टरको लागि एक उम्मेदवारको रुपमा आफुलाई समाज मा शुद्ध अनि निस्वार्थ किसमले सके सम्म सेवा पुर्याउने उद्देश्य लिएर यहाँहरुको सहयोगको अपेक्षा राख्दै आफ्नो अमुल्य मत को सहि र उपर्युक्त व्यक्तिगतका लागि मात्र प्रयोग गर्नु हुने छ भन्ने विश्वासका साथै यहाँहरु समक्ष सेबा गर्न अवसरको लागि सामुहिक रूपमा हार्दिक अनुरोध गर्दछु l

यदि सफलता पाएको खन्डमा देहायका विषय र पक्ष मा मैले सबै भन्दा बढी जोड दिएर यहाँहरु सबैको सल्लाह र सहमतिमा काम गर्ने समेत बिश्वास दिलाउन चाह्न्छु ।

मैले आटेको पदमा बिजयी भएर एनआरएनएको एक सदस्य को रूपमा काम गर्ने अवसर पाएमा मैले आफुलाई समर्पित गर्ने गरि छुट्याएका मुल विषय र पक्षहरु भनु या मेरा प्रतिबद्धताहरु :

1= सके सम्म एन आर एन ए सम्बन्धि बिस्तृत जान्कारी प्रत्येक नेपाली समुदाय भित्र बसोबास गर्ने नेपाली समक्ष पुर्याउने l

2= समुदायहरु मा समय ले मागे अनुसार अनि सम्भावना भए का विविध किसम का आधारभूत शिपमुलका प्रशिक्षण तथा उत्पादनशील क्रियाकलाप मा जोड दिने ।

3= समुदाय र् समाजलाई अत्ति आवस्यक पर्ने नैतिकता शिक्षा,व्यक्तिगत बिकास सम्बन्धि शिक्षा , ब्यबहारिक शिक्षा , अतिरिक्त क्रियाकलाप अन्तरगत विविध खेलकुद ,स्वस्थ्य आदि जस्ता क्षेत्र मा बिशेष सम्भाव्य योजना तयार गरेर सम्पुर्ण युवाहरूलाई एन आर एन तर्फ आकर्षक गर्ने पक्षमा जोड दिने ।

4= चयाप्टर बिशेष स-साना भए नि आकस्मिक कोषको स्थापना गरी स्थानीय स्थरमा एन आर एन प्रती जन समुदाय को बिश्वासमा वृद्धि गर्ने पक्षमा जोड दिने ।

5= समय समय मा च्याप्टर या क्षेत्रीय स्तरबाट स्थानीय समुदायहरुमा सम्भावना भए सम्म विविध क्रियाकलाप लिएर घुम्ती टोलि तयार पारी समुदायहरुको बारेमा समय समयमा आधारभूत जानकारी अप्डेट गर्ने प्रवृत्तिको सुरुवातमा जोड दिने ।

6= क्षेत्रीय या च्याप्टर स्थर मा परिआएको बेला तुरुन्तै समाजमा बस्ने सर्ब साधारण नेपाली ले सहजै सङ्ग प्रत्यक्ष रूपमा एनआरएनए को सम्बन्धित प्रतिनिधि संघ अफिसियल रुपमा कुराकानी , छलफल गर्न या जानकारी आदान प्रदान गर्न सकिने गरि समुदाय र एनआरएनए बीच प्रत्यक्ष संचार सुबिधाका लागि जोड दिने ।

7= सके सम्म सामाजिक बिकास का लागि सामुहिक रूपमा सृजनात्मक तरिकाले समुदायहरु मा समुदाय भित्र बस्ने सबै उमेर का व्यक्तिगतका लागि उपर्युक्त हुने किसिमका विकास मुलुक क्रियाकलापहरुको शुरूवात गरि समुदायमा सामुहिक किसिमले सामाजिक बिकासमा जोड दिने आदि आधारभूत कुराहरुको बिकास मा वृद्धि गरि समाज को धरातल बलियो बनाउदै लैजाने ।

उम्मेदवार
बोर्ड अफ डाइरेक्टर
एन आर एन ए एन सि सि यु एस ए
2017 – 2019
कन्टेक # ६२६५४९५१०८  / 6265495108
इमेल : [email protected]

प्रतिक्रिया