मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २०:४७
वासिङटन डिसी 11:02

नेप्लीज अमेरिकन कन्भेन्सनको भेषभूषाको निबेदन दिने मिति जुन १० तारिख देखि समाप्त हुने

इनेप्लिज २०७४ जेठ २६ गते १०:३८ मा प्रकाशित

आगामी आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा हुने भेषभुषा कार्यक्रमको लागि निबेदन दिने समय  जुन १० तारिख देखि सकिने भएको छ l

उक्त कार्यक्रम को लागि नेपाली चलचित्र कि प्रसिद्ध नायिका प्रियंका कार्की  जुन महिनाको अन्त्यमा सम्म अमेरिका आई पुग्ने छिन् l नायिका कार्कीले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन । यसको साथै सम्मेलनमा बिशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने छिन् ।

भेषभूषाको डिजाइनर (रुपकार) ओढनी बुटिक (वस्त्रालय) ले गर्ने भएको छ । भेषभूषा प्रतिस्प्रद्धामा सहभागी हुनको लागि आवेदन पत्र को दस्तुर प्रवेश शुल्क $ ५० डलर राखिएको थियो भने १८ देखि २९ बर्षका युवतीहरुले निवेदन दिन आब्हान गरिएको थियो l

उक्त नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारिकरण हेर्ने प्याट्रिक सुबेदीले बताए ।

प्रतिक्रिया