अमेरिकामा महिलाहरु किन धेरै एकल बस्न चाहन्छन ?

इनेप्लिज २०७४ जेठ २५ गते २१:३८ मा प्रकाशित

मानिस एक्लो जन्मछ र एक्लै मर्दछ l तर उमेर भए पछि एकल बाट दुकल हुने संसारको नियम नै हो l पुरुष या महिला बैबाहिक गाठोमा बाधिन्छ्न l जोगी र अपबाद बाहेक सबै जोडी हुन् चाहन्छन l

एकल र दुकल बस्ने भन्दा एकल बस्न मन पराउने जमात पनि बिकशित देशमा निकै बढेको छ l अमेरिकामा यसको प्रभाव तेज संग बढेको छ l त्यसका धेरै कारणहरु छन् l ज्यादा जसो महिला एकल रुपमा बस्ने ईक्षा गरेको एक आंकडाले देखाएको छ l

अमेरिकामा झन्डै ३६ सेकन्डमा एउटा पारपाचुके तथा दैनिक २ हजार ४ सय पुरुष तथा महिलाले सम्बन्ध बिच्छेद गर्ने गरेको आंकडाले देखाएको छ l युएस सेन्सस ब्युरो अनुसार प्रत्येक १०० एकल महिला मा ८८ जना पुरुष एकल बस्ने गरेको पाईएको छ l अमेरिकामा आस्चर्यको कुरा यो छ कि झन्डै १० करोड जन साधारण संग पतिपत्नी नै छैनन l

सीएनएन ले गरेको एक सर्वेक्षणमा १८ बर्ष भन्दा माथिका उमेरका पुरुष या महिलाहरु झन्डै ४३ प्रतिसत एक्लो जीवन व्यतित गर्दछन l युएस सेन्सस ब्युरो अनुसार एक्लो भन्नाले जवान भएर कहिले बिबाहित नभएको या सम्बन्ध बिच्छेद भएको या बिदुर या बिधुवालाई जनाउछ भनि उल्लेख गरेको छ l

यसरि अमेरिकामा एकल हुने अवस्था झाँगिदै छ भने ३ करोड पुरुष या महिला एकल बस्दछन l अमेरिका भर झन्डै ४६ प्रतिसत परिवार एक्लो बस्ने गरेका छन् l जस मध्ये १ करोड १६ लाख एकल अभिभावक छन् जस्मा ज्यादा आमा आफ्ना सन्तान संग बस्ने गरेको सन् २००९ को तथ्यांकले देखाएको छ l युएस जनगणना अनुसार झन्डै एक करोड महिला तथा १७ लाख पुरुष आफ्ना बालबालिकासंग बसोबास गर्ने गरेको देखाएको छ l

सन् २००९ को तथांक अनुसार ६५ बर्ष भन्दा माथिका एकल १७ प्रतिसत रहेको पाईएको छ भने सन् २००८ को तथ्यांक अनुसार हजुरबुवाहरु झन्डै ७ लाख ६६ हजार आफ्ना नातिनातिनीलाई हेरचाह गर्न एकल रुपमा बस्न बाध्य भएका छन् l

सन् २००८ को तथांक अनुसार ६० लाख एकल परिवार विबाह बिना कुनै सुविधा प्राप्त नगरी संगै बस्ने गरेको देखाएको छ l जस मध्ये ५ लाख जति समलिंगी जोडी तथा ३८ प्रतिसत जोडी कम्तिमा एक जैविक सन्तान (बाईलोजीकल )संग बुवाआमा बस्ने गरेका छन् l अमेरिकामा आधा भन्दा ज्यादा महिला अबिबाहित छन् l
प्रत्येक १०० एकल महिला मा ८८ जना पुरुष एकल छन् l

अमेरिकामा एकल रुपमा बस्ने पुरुष या महिलालाई जोडी बनाई दिने जोडी निर्धारण केन्द्र (डेटिंग केन्द्र ) झन्डै १ हजार जति २००२ को आंकडाले देखाएको छ l केवल यस्ता एकल भएका महिला तथा पुरुषलाई एक निश्चित बिन्दुमा ल्याई दम्पती बनाउन मात्र झन्डै ४३ सय कर्मचारीको साथै झन्डै आर्थिक लाभ अरबौ रुपैया आर्जन गरेको छ l

जुनै जोगी आए पनि कानै चिरेका भने झैँ महिलाहरु भावनामा ज्यादा डुब्ने र ज्यादा संबेदनशील पनि हुन्छन l उनीहरु जीवनभर साथ पनि चाहने हुन्छन l तर ब्यबहारमा पहिलो बिबाह सम्बद्ध बिच्छेद पछि सधै यस कुराले पिरोल्ने हुँदा दोश्रो बिबाह ,तेश्रो बिबाहमा पनि ज्यादा पुरुषबाट अपेक्षा पूर्ण नहुने देखे पछि महिला निराशा हुने गर्छन l परिणाम स्वरुप एकल बस्दा फाईदा हुने देखेर यस्तो निर्णय गर्न थालेका छन् l

एउटा कल्पना हुन्छ तर पुरुषको आचरण र ब्यबहारबाट कालान्तरमा बिग्रने हुँदा सदैव सशंकित हुने हुनु पर्ने भएको महिलाहरु एकल रुपमा बस्न रुचाउन थालेका छन् l

सिक्सटी एण्ड मि समुदाय संग गरिएको एक सर्वेक्षण अनुसार ९५ प्रतिसत महिलाले एकल बस्न मन पराएको जवाफ दिएका छन् l अभिरुचि पूर्ण कुरा के भने उनीहरुले सानो ठाउ, स्वतन्त्र बसाई गर्न रुचाएको उल्लेख गरेका छन् भने आफ्ना परिवार र साथीभाई संग सूचना तथा प्रबिधिबाट सम्पर्क गरे काफी हुने भएकोले एक्लो जीवन राम्रो हुने बताएका छन् l

प्रतिक्रिया