फ्रान्समा लाखे नाच सहित सांस्कृतिक धमाका ( भिडियो सहित

इनेप्लिज २०७४ जेठ २५ गते ०:२२ मा प्रकाशित

स्वीटजरल्याण्ड । फ्रान्सको राजधानी पेरिसमा निकै ठूलो सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभलको आयोजना सम्पन्न भएको छ । गत शनिबार र आईतबार भएको उक्त मेलामा २५०० भन्दा बढी नेपाली तथा बिदेशीहरुले अबलोकन गरेका थिए ।

फ्रान्समा रहेर नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि निकै लामो समयदेखि कृयाशील रहेको संस्था ‘नेपाल सांस्कृतिक गृह (Maison Culturelle du Népal)’ को आयोजनामा गैर आवासीय नेपालि संघ फ्रान्स का संस्थापक अध्यक्ष हरिहर अर्यालको संयोजकत्वमा सम्पन्न भएको हो ।

सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष हेमन्त उपाध्याय भन्नु भयो – ‘सांस्कृतिक गृहले विगत १६ वर्षदेखि निरन्तररुपमा फ्रान्समा नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि कार्य गर्दै आएको छ र यो पटक हामीले गरेको यो १४ औं कार्यक्रम हो । यस मेलामा पनि अघिल्ला वर्षहरुमा जस्तै लाखे, मैथिली, नेवारी, कुमारी, भैलिनी लगायतका पुराना नेपाली नृत्यहरुका साथमा जीवित देवीको रुपमा मानिदै आएको कुमारीको रथ यात्रा बनाई प्रदर्शन गरि नेपाली संस्कृति झल्किने विभिन्न प्रस्तुतिहरु देखाइएको थियो ।

मेला आयोजनाको प्रमुख उद्देश्यहरुमा केके छ भनेर प्रश्न गर्दा उपाध्यायले भन्नु भयो – बुद्धको जन्म भूमि र सगरमाथाको देश नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला र संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नु , मेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु, नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन (conference) गराई नेपाल चिनाउनु र नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी हुनु रहेकोछ । यी सबै उद्देश्यहरुको साथ यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उद्देश्य रहेको छ । उक्त कार्यक्रममा विभिन्न सघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया