शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०३:४८
वासिङटन डिसी 18:03

संसद् बैठक सुरु : शीर्ष नेताको सम्बोधन

इनेप्लिज २०७४ जेठ २३ गते ८:३० मा प्रकाशित

काठमाडौँ, २३ जेठ । प्रमुख राजनीतिक दलबीचको सहमतिबमोजिम आजदेखि व्यवस्थापिका– संसद्को बैठक पुनः सञ्चालन भएको छ ।

नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबारको सहमतिका आधारमा आजको बैठकको सुरुमा शीर्ष नेताको सम्बोधन प्रारम्भ भएको छ ।

बैठक सुरु हुनासाथ सभामुखले समय दिएपछि अहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा संसद् अवरोध गर्दै आएको थियो ।

बैठकमा प्रधानमन्त्रीको चयन, स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ लाई प्रस्तुत गर्ने र नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्ने सूचनालाई बैठकको सहमतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ । रासस

प्रतिक्रिया