विमान दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

इनेप्लिज २०७४ जेठ १७ गते ६:४४ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । नेपाली काँग्रेसले बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको एनए ४८ स्काई प्लग जहाज आज दुर्घटनामा परी विमान चालकको मृत्यु र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले घटनामा परी दिवङ्गत हुनुभएका विमान चालक कैलाश गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको काँग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।
साथै काँग्रेसले दाङ लमही निवासी पार्टीका क्रियाशील सदस्य, साहित्यकार एवम् पत्रकार मेदिनीकुमार केवल ९तिवारी० को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्यसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शनिबार उहाँको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । स्व केवलले नेपाली जनसम्पर्क समिति भारतको विभिन्न पदमा रहेर कार्य समेत गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय केवलले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । रासस

प्रतिक्रिया