३ दिनमा पर्व’को करोड कुल (ग्रस) कमाई

इनेप्लिज २०७४ जेठ १७ गते १:१३ मा प्रकाशित

शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार फिल्मले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो । बलियो वर्ड अफ माउथका कारण फिल्मले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण फिल्मलाई फाइदा मिलेको निर्माता गिरीले जानकारी दिए ।

निर्माता गिरीले भने–‘शुक्रबार देशभरबाट फिल्मले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’ उनले ३ दिनमा फिल्मले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ । निर्देशक दिनेश राउतले भने–‘वर्ड अफ माउथका कारण सोमबार पनि फिल्मको व्यापार सुखद छ । दर्शकले फिल्मलाई मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’

शुक्रबार काठमाडौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पु¥याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थप गरिएको छ । काठमाडौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो फिल्मलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

प्रतिक्रिया