कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्बजनिक

इनेप्लिज २०७४ जेठ १७ गते ०:५० मा प्रकाशित

अनुपविक्रम शाही तथा सन्ध्या केसी स्टारर फिल्म ‘कमलेको बिहे’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कमलेको भुमिकामा अनुपविक्रम प्रस्तुत छन् भने सन्ध्या चमेलीको भुमिकामा छिन् । मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा बोकेको फिल्मलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् ।

 फिल्मको ट्रेलरमा नायक अनुप विक्रम शाही लामो तर विग्रिएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित देखिएका छन् । फिल्ममा उनले बनारसमा शास्त्रिय विद्या पढेर गाउँ फर्किएपछि बिहेका लागि गरेको संघर्ष प्रस्तुत गरिएको छ । सरिता मुभिज ब्यानरमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, विशाल पहाडी, इशान ढकाल, किरण लाकौललगायतका कलाकारको पनि अभिनय छ ।
नेपालको पश्चिम भेगमा छायांकन गरिएको फिल्ममा सरिता लामा निर्मात्री र दीपक विष्ट कार्यकारी निर्माता छन् । फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको द्वन्द्व छ । फिल्मलाई महेश दवाडीले लेखेका हुन्। फिल्मको रिलिज डेट भने फाइनल गरिएको छैन् ।

हेर्नुहोस यस्तो छ आधिकारिक ट्रेलर :

प्रतिक्रिया