मंगलबार, असोज ५ २०७८
काठमाडौं १०:४१
वासिङटन डिसी 00:56

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना,पाइलट महासेनानी कैलाश गुरुङको निधन

इनेप्लिज २०७४ जेठ १६ गते ८:२५ मा प्रकाशित

१६ जेठ, काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । विमानमा रहेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

 

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ ।  दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।

विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले  जानकारी दिए ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया