मे २७, २०१७, जर्मनीको फ्रान्कफर्टमा नेपाली मूलका जर्मन नेपाली युवाहरूको संस्था “त्रिशुली न्यू जेनेरेसन” (TNG)ले नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग गरेको छ |
नेपालको संस्कृतीलाई नेपालीमूलका जर्मन युवाहरूमा जगेर्ना गर्न र उनीहरूबीच एकता, सद्भाव र नेपाल प्रतिको मायालाई जगेर्ना गर्न बनेको उक्त संस्थाले बिजुली मेसिन एउटा पृथक र प्रेरणादायी फिल्म भएकोले आफूहरूले प्रदर्शन गरेको जनाएको छ |
फोटोमा त्रिशुली न्यू जेनेरेसन
आफ्नो सस्थाको मान्यताहरू, समस्या देखाउने मात्र होइन केहि गरेर देखाउने, निरन्तर प्रयास गर्ने र रमाइलो पनि गर्ने कुरा फिल्म्मको मुख्य संदेशसंग मिलेको अनि आफूहरुले खोजेको जस्तै मनोरन्जन र सामाजिक संदेश पनि भएकोले पहिलो पल्ट बिजुली मेसिन जस्तो फिल्म फेला पर्दा आफूहरू खुसी भएको त्रिशुली न्यू जेनेरेसनले बताएको छ |
स्क्रिनिंगमा फ्रान्कफर्ट वरिपरि बस्ने नेपाली युवा, केहि पाका व्यक्तिहरू, अनि केही जर्मन र अन्य अन्तरास्ट्रिय व्यक्तिहरूको उपस्थिति थियो | अंग्रेजीमा सबटाईटल भएकाले केही बिदेशीहरूको पनि उपस्थिति रहेको र नेपाली लगायत सम्पूर्णले फिल्मलाई रुचाएको संस्थाले जनाएको छ | कार्यक्रमका केहि फोटो र फिल्मको प्रतिक्रियाको भिडियो संस्थाले आफ्नो फेसबुक पेजमा राखेको छ | कार्यक्रमका केही फोटा र उक्त भिडियोको लिंक तल छ |
नविन अवालको लेखन तथा निर्देशन रहेको बिजुली मेसिन चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ | चलचित्रको निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् | नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ | चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श सन्तोष लामिछानेले प्रदान गरेका हुन् |
“बिजुली मेसिन” केहि महिना अघि डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो | उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए |
त्रिशुली न्यू जेनेरेसन जर्मनीको बिजुली स्क्रिनिगको भिडियो
https://www.facebook.com/trishuli.ng/videos/1910204935931557/
प्रतिक्रिया