”सामाजको कामगर्न पाउनु मेरो लागि मन्दिर जानु सरह हो ।”

इनेप्लिज २०७४ जेठ १६ गते ०:२४ मा प्रकाशित

समाजसेवी समाजको बेतलवी कर्मचारी हो, समाजद्वारा पाउने मायॉ र प्रेरणा नै उसको गड़धन हो । राम्रो काम गरे मान र नराम्रो गरे अपमानको तिखो धारमा समाजसेवीको जीवन बाचेको हुन्छ । मान र अपमानको दोसॉधमा दौड़ने जीवन पक्कै पनि सहज छैन ।तर पनी समाजिक कामको workaholic लत बसिसके पछी छुट्न गार्हो हुदोरहेछ । हुन त धर्मशास्त्रले समाजसेवालाई पवित्रकाम र उत्तम जीवन भनेको छ र त्यसैलाई आत्मसाथ गर्दै गैरआवासिय नेपालीसंघको माध्यमबाट मैले मेरो वाकी जीवनलाई समाजसेबामा नै अर्पणगर्ने निधोगरी गैरआवासिय नेपालीसंघ राष्ट्रीय समन्वय समिति अमेरिकाकोआसन्न निर्वाचन(१७-१९)को उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोबारे यहॉहरुलाई पहिला नै बताईसकेको छु ।

त्यसैले यदी तपाईहरुले मलाई सक्षम सम्झी एनआरएन अमेरीकाको उपाध्यक्ष पदमा विजयी गराईदिनु भयो भने मेरा प्रतिबध्दता निम्नानुसार हुनेछन । आगामी निर्वाचनको लागी जतिपनि उम्मेदवारहरु हुनुहुन्छ प्राय सबै साथिहरुका एकैखाले प्रतिब्द्धता देखियो केहि साथिहरु संग मेरा प्रतिबद्धता मिल्न गएको हुनसक्छ तर परिपुर्ती गर्ने मेरा उपाय /तरिका फरक भएको यहॉहरु समझ अनुरोध गर्न चाहान्छु र कतिपय साथिहरुका प्रतिबद्धतामा मेरो सहमति समेत भएको अनुरोध गर्दछु ।

प्रतिबद्धताहरु:-
१ – स्टेट च्याप्टर भएका हरेक स्टेटमा सामुदायिक भवनको निर्माण को पहल ।
२-“जीवनमा एकपटक मात्र पॉचडलर सहयोगअभियान ” मार्फत आपतकालिन कोष (Emergency Fund)खड़ा गर्ने ।
३-मेरिल्याण्ड Motor Vehicles Administration मा Driving license को परिक्षा दिदा मातृभाषा नेपालीमा परिक्षादिन पाउने ब्यबस्था गरेको अनुभवको आधारमा अरु बॉकि च्याप्टरहरुमा पनि सोहि मुताबिक़ पहल गर्ने छु ।
४- दशैको टिकाको दिन पब्लिक स्कुलहरुमा छुट्टी गराउन पहल गर्ने तथा पब्लिक स्कुलको पाठ्यक्रममा नेपाली भाषालाई एेच्छिक भाषाको रुपमा राखिदिन अनुरोध गर्ने ।
५:- ७५ देशका राष्ट्रीय समितीसंग एकआपसमा समन्वय गरी भाईचाराको सम्बन्ध स्थापित गर्ने, सागठानिक अनुभव , सागठानिक भ्रमणको आवत जावत एवं आबस्यक प्रशिक्षण लिने दिने संस्कृतिको स्थापना गर्ने ।
६-प्रवासी नेपाली बिद्धत बर्गलाई एनआरएनमा आकर्षण गर्ने तथा सक्रियरुपमा आबद्धगराउन उपाय खोज्ने ।
७- बिदेशको नागरिकता लिएका प्रवासि नेपालीहरुको लागी नेपालजादा लाग्ने भिसा शुल्कलाई निशुल्क गराउन एनआरएन आईसिसिसंग समन्वयगरी पहल गर्ने ।
८- प्रत्यक्ष संचार बिकासको मेरुदण्ड हो त्यसैले NRN world Telivision को स्थापना गर्न पहल गर्ने,
जसको Head Quarter अमेरिकामा हुनेछ ।
ज्ञात रहोस बिदेशमा नेपालिहरुको जनसंख्या ५५ लाखको हाराहारिमा भएको पाईन्छ ।
९-कलेज पढ्ने नेपालि बिद्धार्थीहरुलाई पनी NRN मान्ने प्रावधानको ब्यबस्था गर्न पहल गर्ने ।
१०- भाषा संस्कृतिको बिकासको लागि आबस्यक पहल गर्ने ।११-स्थानीय संधसंस्थाहरसंग समन्वय गरि समाजका आबस्यकताहरु लाई परिपुर्ती गर्दै जाने ।
१२- युवाबर्गको आकर्षण एवं उपस्थितिमुलक कार्यहरु गर्ने ।
१३- संगठनको बृहतबिस्तारको लागी सदस्यता शुल्क शुलभ हुनु अतिआबस्यक छ । संस्थाको लागि १५००० सदस्य बनाएर २२५,००० डलर जन्मा गर्ने अवधारण भन्दा ५०,००० सदस्य बनाएर २५०,००० डलर जम्मा गर्ने अबधारणा वैज्ञानिक हुनआउँछ त्यसैले सदस्यताशुल्क धटाउन पहल गर्ने ।
१४- प्रत्यक्ष निर्वाचन प्रणालिलाई बार्सीक साधारण सभामामै पारित गरेर लागुगर्न पहल गर्ने ।
१५- एनआरएनए Nonprofit and nonpolitical organization हो त्यसैले अमेरिकास्थित गैरआवासिय नेपालि समाजको रायसुझाव र सल्लाहा नै मेरा लागि मुलमन्त्र हुनेछन । त्यसैले सारासमाजको आव्हान नै मेरालागी दिशानिर्देश हुनेछ ।
अन्तमा माथि उल्लेखित हरेक बुदागत प्रतिबद्धताको मेरो आफ्नो बिचारको ब्याख्या फेसबुकमा अलि लामोहुनेहुँदा कुनै अख़बार मार्फ़त यहॉहरुलाई प्रस्तुत गर्ने प्रण गर्दछु ।

धन्यबाद ।
जेदु पोखरेल
अध्यक्ष -एनआरएन मेरिल्याण्ड ।
तथा – उम्मेदवार
उपाध्यक्ष – एनआरएन अमेरिका ।
२९ मई २०१७ मेमोरियल डे को दिन ।

प्रतिक्रिया