भरतपुर काण्डः यस्तो छ माओवादीको आधिकारिक धारणा

इनेप्लिज २०७४ जेठ १५ गते ९:५९ मा प्रकाशित

भरतपुर, १५ जेठ । माओवादी केन्द्रले आइतबार राति भएको भरतपुर घटनामा एमालेलाई दोष दिएको छ । भरतपुरमा मतगणना भाँडिएको विषयमा सोमबार विज्ञप्तिमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै माओवादी केन्द्रले एमालेकै कारण घटना भएको अराोप लगाएको छ । यद्यपि माओवादी कार्यकर्ताबाटै मतपत्र भने च्यातिएको माओवादीले घुमाउरो ढंगले स्वीकार गरेको छ ।

‘मतगणना चलिरहँदा हाम्रो उम्मेदवारको मत अन्तर करिब ३९ सय बाट घटेर जिततर्फ अघि बढिरहेको अबस्थामा एक्कासी एमालेका मतगणना प्रतिनिधिहरु कृष्णराज न्यौपाने (लक्ष्मी), गणेश लामा, आश्वीन घिमिरे र प्रकाश ढुंगाना लगायतले मतपत्र कब्जा गरी च्यात्न लागेपछि हाम्रो पार्टीका मतगणना प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले मतपत्र रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन पुगे ।’, माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईबाट जारी विज्ञप्तिमा भनिएको छ – ‘यो वास्तविकतालाई बंग्गाएर संचारमाध्यम र सामाजिक सञ्जालबाट एमालेले हाम्रो पार्टीको विरुद्ध जुन प्रचार चलाएको छ, त्यसको घोर निन्दा र भत्र्सना गर्दछौं ।’

माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता शिवाकोटी र न्यौपानेलाई रिहा गर्न माग समेत गरेको छ । साथै, १९ नम्बर वडाको पुनः मतदान गर्न माग समेत गरेको छ ।

यसअघि काँग्रेसले पनि विज्ञप्ति जारी गरी पुनः मतदान गर्न माग गरिसकेको छ । एमालेले भने पुनः मतदान गर्न अस्वीकार गरेको छ ।

यस्तो छ माओवादी केन्द्रको प्रेस विज्ञप्ति

 

प्रतिक्रिया