गोमा एयरका सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु

इनेप्लिज २०७४ जेठ १४ गते ८:२० मा प्रकाशित

सोलुखुम्बु, १४ जेठ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा गम्भीर घाइते सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु भएको छ ।

गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको शनिबार अबेर राति मृत्यु भएको हो ।

शनिबार दिउँसै थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएपनि मौसमका कारण हेलिकोप्टर उडान हुन नसकेपछि उनको उपचार लुक्लामै भइरहेको थियो ।

पाइलट पारसकुमार राईको उपचारकै क्रममा शनिबारै मृत्यु भएको थियो । यता एयर होस्टेज प्रज्ञा महर्जनको स्वास्थ्य भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनाका घाइते एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो ।

प्रतिक्रिया