मेरो डान्स कप युएसए २०१७’ इपिसोड (कथाभाग) ५ को भिडियो सार्बजनिक

इनेप्लिज २०७४ जेठ १३ गते १:०१ मा प्रकाशित

मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ l कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l

इपिसोड (कथाभाग) ५ मा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ भने यस बाट पुन २० जना छनौट हुने छन् l आगामी जुलाई ८ देखि प्रत्यक्ष प्रतियोगिता हुने छ l  यसै गरि जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।

एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् l

श्रब्य दृश्य (भिडियो हेर्न यहाँ थिच्नु होला  :

 

प्रतिक्रिया