मिडलटाउन शहरको योजना आयोग सदस्यमा नेपाली मूलका प्रदिप पौडेल नियुक्त

इनेप्लिज २०७४ जेठ १२ गते १५:४८ मा प्रकाशित

अमेरीकाको मिडलटाउन शहरमा बसोबास गर्दै आएका नेपाली मूलका प्रदिप पौडेल योजना आयोग सदस्यमा नियुक्त भएका छन् । लिङ्कन एभरेष्टका नाम बाट आफ्नो चिनारी गराउन सफल रहेका प्रदिप पौडेललाई उक्त शहरका नगर प्रमुख डानिएल टि ड्रियुले गत फेब्रुअरी ६ तारिखमा नियुक्त गरेका हुन ।

लिङ्कन एभेरेष्ट लगायत जम्मा ८ जना लाई योजना आयुक्त सदस्य मा नियुक्त गरिएको छ भने त्यस मध्ये ७ जना अमेरिकन मुलका रहेका छन् । अढाई दशक भन्दा अगाडी अमेरिका पूगेका पौडेल सामाजिक सेवामा निरन्तर सकृय छन् ।

काडमान्डौको कमलपोखरीमा जन्मेका पौडेल व्यवसायका लागी अमेरीका पुगेका पौडेल व्यवसायीहरुलाई परामर्सदाताका रुपमा काम गर्दै आई रहेका छन् l नेपालीहरु यस्ता पदमा पुग्ने क्रम बढ्दो छ भने पौडेल नेपाली मुलको व्यक्ति मध्य कै उक्त पदमा पुग्ने पौडेललाई सुवर्ण अवसर प्राप्त भएको छ । उक्त पदमा नियुक्त भए पछि सामाजिक संजाल मार्फत तथा व्यक्तिगत रुपमा चिन्नेहरूले उनलाई बधाई दिनेको ओईरो लागेको छ l

 

तस्बिर सौजन्य :रातोपाटी

प्रतिक्रिया