मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:०२
वासिङटन डिसी 15:17

भगवान गौतम बुद्धको २५६१ औ जन्मदिनको कार्यक्रम हुने

इनेप्लिज २०७४ जेठ १२ गते १०:३५ मा प्रकाशित

बुद्ध नेपाल पिस फ़ाउन्डेशनको आयोजनामा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६१ औ जन्मदिनको कार्यक्रम यहि मे महिनाको २७ तारिक शनिवारको दिन हुने भएको छ । उक्त कार्यक्रम दिनको ३ बजे देखि MLK (Jr ) Civic Cente Park ,Berkeley ( Front of Berkeley High School ) मा हुने जानकारि समितिका अग्रज चीनकाजी श्रेष्ठ र सुनिलराज कर्णिकारले वताउनु भयो ।

,बुद्ध जयन्ति शान्ति पदयात्रा संचालन हुन गैरहेको कार्यक्रम माँ बे-एरियाका सम्पूर्ण संघ संस्था, बे-एरिया निवासी समस्त बुबा-आमा ,दाजु-भाई दिदि बहिनिहरुको बाक्लो उपस्थित हुने जानकारि संस्थाका प्रमुख डा किसोर शेरचनले जानकारि दिनुभयो ।

” उक्त कार्यक्रम माँ बे-एरियाका सम्पूर्ण संघ-संस्थाहरुको सहयोग र समर्थन तथा साथ तपाईहरू सबैको उत्साहले हामीमा थप उर्जा थपेको महसूस हामीले गरेका छौं । बुद्ध जयन्ति शान्ति पदयात्रालाई एतिहासिक रुपमा सफल बनाउँन बे-एरिया निवासी बुबा-आमा,दाजु-भाई दिदि-बहिनिहरु सम्पूर्णको सकृय सहभागीता हुनेछ भन्ने पूर्ण बिश्वास लिएका छौ ” कार्यक्रमका तयारी उपसमितिका संयोजक चन्द्र धितालले भन्नु भयो ।

शान्ति पद यात्रामा सम्पूर्ण बे-एरिया वासी सहभागी भई नेपाल र नेपालीको पहिचान साथै भगवान वुद्धको वारेमा जानकारि र संस्कृति जगेर्ना गर्न यस संथाले अघि सारेको अभियानमा ठोस टेवा पुर्याई दिनुहुन संस्थाले अनुरोध गरेको छ । यस पटक उक्त कार्यक्रम माँ विभिन्न आयोजक कमिटि गठन गर्नुका साथै व्यवस्थित वनाउन संस्था लागि परेको छ ।

प्रतिक्रिया