बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं २०:२३
वासिङटन डिसी 10:38

एमालेको अवरोध जारी, संसद बैठक स्थगित

इनेप्लिज २०७४ जेठ १२ गते ७:५५ मा प्रकाशित

काठमाडौँ, जेठ १२ – व्यवस्थापिका संसद बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि १ बजे बोलाइएको बैठक चार बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरोध पु¥याएपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेकी हुन् ।

एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।

एमालेले अवरोध गरेका कारण मंगलबारयताका संसद बैठक चल्न सकेको छैन । एमालेले विहिबार सरकारको नीति तथा कार्यक्रम भने संसदमा पेश गर्न दिएको छ ।

प्रतिक्रिया