आफु पनि अमेरिका आऔ ,अरु पनि आउन भन्ने सोच राखौ ?

इनेप्लिज २०७४ जेठ ११ गते १७:४१ मा प्रकाशित

अवसरको भुमि अमेरिकाले हरेकलाई मोहनी लगाएको छ l आफु अमेरिका आउन हरेक जुक्ति लगाउने तर अरुलाई न आए पनि हुन्छ जस्तो गर्ने सोचाई नै दरिद्र सोचाई हो l यस्तो सोचाई अमेरिका भासिएकाले गर्छन भने नीच मानसिकता कहलिन्छ l किन हामीले नेपालीलाई नआए हुन्छ जस्तो धारणा अभिव्यक्त गर्ने l आफु जसरि भए पनि अमेरिका छिर्ने तर अरु नछिरुन भन्ने जस्तो सोच किन सोच्ने ?

किन हामीले संकुचित विचार राखें l अमेरिका नेपालीहरु आए भने नेपाल जस्तो हुन्छ त ? नेपाल जस्तो लथालिंग पार्लान जस्तो लाग्नु स्वाभाविक हुन्छ l अहिले नै भएका ३ लाख ले त टाउको दुखाई सके भन्नेहरु पनि नभएका हैनन् l

नेपालीहरुले अमेरिका आधा ढाके अमेरिकालाई केहि फरक पर्दैन l किनभने निरन्तर गैर कानुनि रुपमा दक्षिण अमेरिकि देश बाट करौडौ मानिस सिमा पार गरेर आएको आयै छन् l यति मानव तस्कर हुन्छ कि जस्को हामी परिकल्पना पनि गर्न सक्दैनौ l

अमेरिकाले आउन दिन्छ भने दियोस l त्यो अमेरिकाको अधिकारको कुरा हो l अमेरिकाको टाउको दुखाई हो l नेपालीहरु जमातका जमात भए पनि हामीलाई किन कपाल दुखाई ? हाम्रो कन्सिरी किन तात्ने ? नेपालीहरु जताततै हुन् l यत्रो देशमा ३ करोड नेपालीहरु आए त्यतिकै बिलाउछ्न l सबै नेपाली आए पनि अब अमेरिकामा अटाउने ठाउँ छ l जे भने पनि नेपालीले अमेरिकालाई नेपाल बनाउन सक्दैनन् l

नेपालीमय र नेपालीपन बनाउन सक्लान तर अमेरिकालाई नेपाल जस्तो बनाउने आँट कसैले गर्दैन किनभने नेताहरु अमेरिका आउदैनन l विविधता चिट्ठा कहिले न तुहियोस l अमेरिका जान ईक्षा गर्ने नेपालीले अमेरिका रमाएर जान पाउन l र अमेरिकाको सपना देख्ने सबै अमेरिका आउन पाउन l

जताततै नेपाली नै नेपाली देखे पछि हामी किन आत्तिने ? अमेरीका आफु अनेकौ तिकडम गरेर आउने तर आफन्त ,साथीभाई ,ईष्टमित्र ,परिवार चाही न आए पनि हुन्छ जस्तो कदापी गर्नु हुदैन l त्यो नकारात्मक सोचाई ठहर्छ l

आफु भलो त जगतै भलो किन नसोच्ने l परिवारको एक जना मात्र अमेरिका छिरेको छ भने उसले सार पुस्तालाई पुन्य गरेको हुन्छ l अमेरिकामा मानिसले चाहनु मात्र पर्छ जे पनि गर्न सक्दछ किनभने अमेरिकामा हरेक कुरा सम्भव हुन्छ l जीवन उद्धार गरि दिने र मानिस बनाउने देश हो l

दुई कारणले आफु आएर पनि अरु न आउन जस्तो लाग्न सक्छ l आफुले धेरै दुख गर्नु पर्ने भएकोले अरुलाई त्यस्तो पिडा नहोस भन्ने पवित्र र सकारात्मक सोचाई पनि हुन् सक्छ l अर्को कारण ईर्षा तथा डाहा भएर पनि नआउन भन्ने चाहना पनि हुन् सक्छ l आफु आई सके पछि अरुलाई निरुत्साहित गर्नु भन्दा उत्साहित गर्नु नै बेश भन्ने यो पंक्तिकारलाई लागेको छ l

अमेरिकाको क्षेत्रफल नेपाल भन्दा झन्डै ६७ गुणा ठुलो भएकोले जति नेपाली आए पनि अमेरिकाले थाम्दछ l मेक्सिको र लेटिन अमेरिका बाट मात्र झन्डै ८१ प्रतिसत गैर कानुनि बाट अमेरिका पसेका मध्ये करिब १ करोड १० लाख अमेरिका पसेका छन् भने हामी नेपाली अवसरको भुमि पस्दा हामी कसैको मष्तिस्कमा कुनै नकारात्मक सोचाई नउब्जियोस l

सबैले अमेरिका आउने मौका पाउन l अमेरिका आफु चाही आउने ,तर अरु चाही नआऊन भन्ने ? यस्तो सोचाई नै ——-दरिद्र मानसिकता

प्रतिक्रिया