बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १०:२३
वासिङटन डिसी 00:38

अगामी जुनमा मिस नेपाल क्यालिर्फोनिया हुने

इनेप्लिज २०७४ जेठ १० गते ७:५१ मा प्रकाशित

न्युयोर्क । नेपालको स्कुललाई सहयोग गर्ने उदेश्यले अमेरिकाको क्यालिफोर्निया ‘मिस नेपाल क्यालिफोर्निया’ आयोजना हुने भएको छ । चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त आयोजनामा क्यालिर्फोनियाको सन फ्रान्सिस्को शहरमा जुन १७ तारिखमा दोस्रो संस्करणको रुपमा मिस नेपाल क्यालिर्फोनिया हुन लागेको हो । मिस नेपाल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी आयोजक कमिटीका सदस्य सागर श्रेष्ठले दिनुभयो ।

मिस नेपाल प्रतियोगिता लागि अप्रिल २२ तारिखबाट दरखास्त आह्वान गरिएको र मे २६ तारिख मध्यरातसम्म अन्तिम समय तोकिएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा १८ देखि २९ बर्ष उमेरका समुहका युवतीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागिताको लागि दरखास्त दिएकामध्यबाट छनोटमा परेकाको अन्तिम नामावली मे ३१ तरिखमा प्रकाशित गरिने र जुन १५ र १६ तारिखमा क्यालिर्फोनियाको बे एरियामा तालिम हुने श्रेष्ठले जनाउनुभयो ।

कार्यक्रममा पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, मिस इन्डीया इन्टरनेशनल २०१७ ईशा अग्रवाल, नायिका नन्दिता केसी, गायिका नलिना चित्रकार, फेसन डिजाईनर सुभेक्षा बादेललगायतको सहभागिता रहने आयोजकले जनाएका छन् । अमेरिकाको महिला सशक्तिकरणको नारा सहित मिस नेपाल क्यार्लिफोर्निया हुने भएको छ ।

प्रतिक्रिया