शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:१७
वासिङटन डिसी 16:32

लायन  राजेन थापा  डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित 

इनेप्लिज २०७४ जेठ ८ गते ०:४९ मा प्रकाशित

लायन राजेन थापा आज विहान नेभाडा राज्यको रेनोमा  संपन्न निर्वाचनवाट लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको छ । आवश्यक संख्या भन्दा धेरै मत प्राप्त गरि उहाँ लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनु भएको हो । यसै वर्ष लायन्स क्लव स्थापनाको सयौ वर्ष पुराहुने भएकाले उहाँले सतवार्षिकी गभर्नरको सम्मान समेत प्राप्त गर्नु भयो । लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ अन्तरगत अमेरिकामा सन्चालित ४३ वटा लायन्स क्लवलाई उहाँले नेतृत्व प्रदान गर्नुहुनेछ ।

थपा गभर्नरमा निर्वाचित भए लगतै अन्तराष्ट्रिय लायन्स क्लवका अध्यक्ष बब कर्लीले विशेष सन्देश पठाएर कार्यकाल सफलताको शुभकामना दिनु भएको छ । यस अघि लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ को भाइस प्रेसिडेन्ट रहदा थापाको नेतृत्वमा अमेरिकामा ११ वटा नयाँ लायन्स क्लव स्थापना भएको भन्दै अन्तराष्ट्रिय लायन्स क्लवका अध्यक्ष बब कर्लीले उहाँको नेतृत्व क्षमताको सह्राना समेत गर्नु भएको छ ।
लायन्स क्लवको विधान अनुसार दुई दिन अगाडिवाटै निर्वाचन प्रक्रिया शुरु हुन्छ । शनिवार विहान भव्य समारोहका वीच बक्र्र्ली अन्नपूर्णका अध्यक्ष मनिल बाबु श्रेष्ठले राजेन थापालाई लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरको उम्मेवदारको रुपमा मनोनयन गर्नु भयो । सोही क्लबका निवर्तनान अध्यक्ष तथा डिस्ट्रिक्ट ४ सी ३ का जोन चिअर धुर्व थापाले प्रस्तावको समर्थन गर्नु भयो ।
उल्लेख्य संख्यामा रहेका विदेशी र केही नेपाली मिलेर राजेन थापाको समर्थनमा निर्वाचन प्रचार परेड समेत गरिएको थियो । अमेरिकाको भुमिमा सुमधूर नेपाली संगीत वजाउदै गरिएको परेड अकर्षणको केन्द्र वनेको थियो । लायन विधान अनुसार उहाँका प्रतिद्वन्दी कोही नभए पनि उहाँले अनिवाअर्य रुपमा ५१ प्रतिशत माथि मत प्राप्त गर्न जरूरी हुन्छ । त्यसका लागि लागि थापाको पक्षमा प्रचार प्रचार र परेड आयोजना गरिएको हो ।
राजेन थापा उत्तर क्यालिफोर्नियामा बस्नु हुन्छ । उहाँले नेपालीहरुलाई सिप र ब्यबसायिक क्षमता अभिबृद्धिमा सहयोग समेत गर्दै आउनु भएको छ ।

प्रतिक्रिया