लण्डनमा पूर्व गोर्खा सैनिक राजु थापालाई हार्दिक श्रद्धाञ्जली

इनेप्लिज २०७४ जेठ ७ गते २:०२ मा प्रकाशित

लण्डन, जेठ ६ । पूर्व गोर्खा सैनिक राजु थापाको पार्थिव शरिरलाई लण्डनस्थित ननिटनको द हार्ट अफ ईग्ल्याण्डको मुर्दा जलाउने स्थलमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । ननिटन काउन्सिल हाउसमा एक्लै बस्दै आएका पूर्व गोर्खा सैनिक थापा गत महिना अप्रिल २१ तारिख आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरी कार्यलय ननिटनले जनाएका छन् ।

मृतक थापा कसरी म¥र्यो भनेर पोस्टमार्टनमा केहि प्रमाण फेला नपरेको डि डव्लु पिले बयान दिदै ‘खुल्ला फैसला’ गरेका छन् । ननिटन आसपासमा रहेका नेपाली समाज,जातिय संस्था मगर संघ र ईन्टेक ९९ ले मृतक थापाको पार्थिव शरीलाई अन्त्येष्टि गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जली कार्यक्रममा थापाका १३ बर्षिया छोरी राईमाले दागबत्ती दिएकी थिईन् । मृतक थापा कामको सिलसिलामा ब्रुनाईमा रहदा सन् २००३ मा फिलिपिन्सका मार्गी सँग उनको भेट भएको थियो । ब्रुनाईको मुख्य राजमार्ग बढाउने सुरुवाती सँगै उनका धर्मपत्नि मार्गी ईन्जिनियरिङ पेशाकालागि ब्रुनाई आएकी थिईन । दुवैविच बाक्लो भेटघाट बढ्न थालेपछि वैवाहिक सम्बन्धमा बाधिएका हुन् ।

लान्सकर्पोरल राजु सन् २०१४ मा अवकाश लिए लगतै जीवन साथि मार्गिविच पारिवारिक सम्बन्ध विग्रिन थालेपछि राजु र मार्गि भिन्न भिन्नै ठाँउमा बस्दै आएका उनका एक व्याजिले जानकारी गराए । कार्यक्रममा थापाका बाल्यकालका साथि वेलायती गोर्खा सैनिक साजन्ट टेक राना भावुक हुदै मनमा अति नै पिडा बोकेर प्रिय मित्र राजु थापा प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै मनलाई बुझाउन कठिन परिरहेको भावना पोखेका थिए । उनले भने ‘ राजु तुलनात्मक रुपमा शान्त र लजालु स्वभावको भएतापनि साथिभाईहरु माँझ रमाईला चुट्किलाहरु वाचन गरेर हसाउने गर्थे ।’

बाबा भिमसिंङ थापा र आमा राममाया देविको कोखबाट बागलुङमा सन् १९७९ अक्टोबर ७ तारिकका दिन जन्मिएका हुन् । बागलुङमा जन्मिएका राजुले व्रिटिस आर्मि भर्ति केन्द्र पोखराबाट वि. स. २०५५ सालमा व्रिगेड अफ गोर्खामा भर्ति हुने अवसर पाएका थिए । उनले सन् १९९७मा बुटवलबाट प्रविणता प्रमाण पत्र तहको अध्ययन सके लगतै २० बर्षको कलिलो उमेरमै गोर्खा बटालियन प्रवेश गरेका हुन् ।

सन् १९९९ मा व्रिटिस क्याप पोखराबाट भर्ति लागेका थापाले चर्च क्रुखम फ्लिट हामसायरबाट फौजि तालिम ४२ हप्ता पुरा गरेका उनका तालिम प्रशिक्षक क्याप्टेन बद्रि राईले जानकारी दिए । लान्सकर्पोरल थापाले १५ बर्ष बेलायती राजमुकुटको सेवा गर्दै सन् २०१४ सेप्टेम्बर ३० मा अवकाश लिएका थिए । उनले पल्टनमा रहदा कम्युनिकेसन केन्द्र , ज्वईन्ट टाक्स हेडक्वाटर देखि टेलिफोन एक्चेन्ज सम्मको अभिभारा पुरा गरेका उनका व्याजि लाल आङथुपोले बताए ।

मृतक थापाले १५ बर्ष बेलायती राजमुकुटको सेवाको सिलसिलामा ब्रुनाई र बेलायतमा सेवारत रहदा यलयस जिसी(लङ्ग सर्भिस गुड कन्डक) जस्ता सम्मानिय पदक पाएका थिए । उक्त श्रद्धाञ्जली कार्यक्रमलाई सिग्नल रेजिमेन्टका वारेन्ट अफिसर वान गोपाल सारु मगर, समाजसेवि दिलिप राई, ननिटन मगर संघका अध्यक्ष राम राना र आर्थिक संकलनमा निमा सेर्पालगायत उनका व्याजि ईन्टेक ९९ले मुख्य संयोजन गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमकालागि करिब नेपाली रुपैया १५ लाख संकलन भएको आर्थिक संयोजक सेर्पाले व्याजिहरुलाई प्रतिवेदन सुनाएका थिए ।

प्रतिक्रिया