आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १७:२२
वासिङटन डिसी 07:37

मेरिल्याण्डमा उधौली साकेला २०७४ धुमधाम संग मनाइने

इनेप्लिज २०७४ जेठ ४ गते २२:२५ मा प्रकाशित

 

किराँतीहरुको उधौली पर्व साकेला आगामी मे २० तारिखका दिन मेरिल्याण्डमा हुने भएको छ l कार्यक्रमको आयोजना बिकेआरओ ए मेरिल्याण्ड शाखाले गर्ने भएको छ l बिहान १० बजे देखि दिउसो १२ बजे सम्म कार्यक्रम हुने आयोजकले जनाएका छन्

प्रवासी भूमीमा रहेर पनि आफ्नो कला ,संस्कृति र संस्कार लाइ संरक्षण र सम्बर्धन गर्ने हेतु स्थापित गरिएको संस्थाको उक्त साकेलामा अन्य राज्यहरु बाट पनि सहभागिता हुने जानकारी जितन राईले दिएका छन् l

प्रकृति पूजारी किराँतीहरु को हुन् , के हुन् , कहिले र किन यसरि साकेला मनाइन्छ भन्ने बारेमा समेत चर्चा र जानकारी समेत जानकारी गराउने गरिन्छ l नेपालको इतिहासमा किराँत संस्कृति प्राचीनतम संस्कृति हो l साकेलामा उपस्थित हुन् को लागि यस भेकमा सम्पूर्ण समुदायलाई आग्रह गरिएको छ l

 

प्रतिक्रिया