बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०४:२८
वासिङटन डिसी 18:43

चितवनको माडीको मेयरमा माओवादीका ठाकुर ढकाल विजयी

इनेप्लिज २०७४ जेठ ४ गते १७:४७ मा प्रकाशित

४ जेठ, चितवन । चितवनको माडी नगरपालिकाका माओवादीका उम्मेदवार ठाकुर ढकालले बिजयी भएका छन् । कांग्रेस,एमाले र माओवादीवीच कडा प्रतिस्पर्धा भएको माडी नगरपालिकाको मेयरमा अन्ततः माओवादीका उम्मेदवार ढकालले ४३ मतले जित हात पारेका हुन् । ढकालले ३ हजार ८सय ७३ मत प्राप्त गरे ।

उनका निकट्म प्रतिद्धन्द्धी एमालेका उम्मेदवार नारदमणि पौडे्लले ३ हजार ८ सय २९ मत प्राप्त गरे । माडीको मेयरको चुनावी मतगणनामा अधिकांश समय ‘लिड’ गरेका एमाले उम्मेदवार पौडे्ल माडीको वडा नः १ मा आएर कमजोर बनेका थिए । उनी वडा नः २ बाट १ मा आउँदा ५ सयभन्दा बढिको अग्रतामा थिए ।

 

कांग्रेसका मेयरका उम्मेदवार खेम महतोले पनि ३८२६ मत ल्याएका थिए । सोही नगरपालिकामा राप्रपाका उम्मेदवारले ३ हजार ७३ मत ल्याए । यो जितसँगै माओवादीले चितवनमा पहिलो स्थानीय तहमा जित हात पारेको छ । माडी नगरपालिकको उपमेयरमा एमाले उम्मेदवार ताराकाजी महतो बिजयी भएकी छिन् ।

जिल्लाका ७ वटा स्थानीय तह मध्ये यसअघि इच्छाकामना गाँउपालिकामा नेपाली कांग्रेसले जितेको छ । भरतपुर महानगरपालिकासहित कालिका नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको नतिजा आउन बाँकी छ । यि सबै नगरपालिकामा एमालेको अग्रता छ ।

प्रतिक्रिया