तिम्रो सम्झनाले बोलको गीत तथा भिडियो सार्वजनिक

इनेप्लिज २०७४ जेठ ४ गते १५:३७ मा प्रकाशित

 

षडज लिम्बु सम्बाहाम्फेको स्वर रहेको तिम्रो सम्झनाले बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । अरुण तिवारीको शब्द तथा बिक्रम थापाको संगीत रहेको गीतमा बिजेश्वर तण्डुकारको संगीत संयोजन रहेको छ । यसै गीतको भिडियो मार्फत चर्चित सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा अभिनयमा डेब्यु गरेका छन् ।

छायांकनमा निकै व्यस्त शर्मा यस भिडियोमा नायीका तथा मोडल ज्योत्सना योगीका साथ अनस्क्रिन रोमान्स गरेका छन् । उक्त गीतको भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका छन् । निरोज श्रेष्ठको छायांकन तथा सिमा गुरुङको मेकअप रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=GpBqGlnovaE

प्रतिक्रिया