शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०३:०७
वासिङटन डिसी 17:22

नेकोन द्धारा २५६१ औं वुद्ध जयन्ती भब्यताका साथ सम्पन ।

इनेप्लिज २०७४ जेठ ४ गते १:५९ मा प्रकाशित

विश्वभरी भगवान गौतम वुद्धको २५६१ औं जन्म जयन्ती मनाई रहेको वेला कनेक्टिकट राज्य भरि छरिएर रहेका नेपालीहरुको सस्ँथा कनेक्टिकट नेपाली समाज(नेकोन) को आयोजनमा पनि यही मिति मे १४,२०१७ का दिन न्युहार्डफोर्डको इन्टरन्यसनल बुद्धिस्ट मन्दिरमा रोमी योन्जनको संयोजकत्वमा सम्पन्न भएको छ ।

एस एन. ए. ब्रान्डफोर्ड नेपाली समाजका अध्यक्ष राम चन्द्र रेग्मी को प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा एस.एन ए. ब्रान्डर्फोका प्रमुख सल्लाहकार गौरीश्वर शर्मा , एन.आर.एन कनेक्टिकट च्यापटरका अध्यक्ष राम ओझा ,जनसंपर्क समिति कनेक्टिकटका अध्यक्ष यादव दुलाल ,समाजसेवीहरु भद्रेश्वर उपाध्य ,महेन्द्र बहादुर श्रेष्ट नेकोनका पुर्व अध्यक्ष घनश्याम खड्का नेकोनका प्रमुख सल्लाहकार केदार खतिवडा तथा अन्या संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष शंकर प्रसाद ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै यस कार्यक्रमका संयोजक तथा तामाङ्ग सोसाइटी कनेक्टिकटका अध्यक्ष रोमी योन्जनले उपस्थित सबैलाई स्वागत गनुभएको थियो l कार्यक्रमको विषेश आकर्षकमा लामागुरु गेलु लामाको मन्त्रोचरणको साथैै भगवान वुद्धको पुजा अर्चना गरिएको थियो भने अर्जुन साप्कोटा वाट भगवान वुद्धको वारेमा केही नयाँ ज्ञान को बारेमा उपस्थित महानुभावहरुलाइ प्रकाश पार्नु भएको थियो ।

सोही अवशरमा एन.आर. एन अमेरीका का पुर्व डाइरेक्टर लक्ष्मी बजगाँइ वाट सुमधुर स्वरमा भगवान वुद्धको बारेमा कविता बाचन गर्नु भएको थियो l साथै कनेक्टिकटको समाज सेवी तथा सहित्कार राम सुवेदीले शान्तिको कामना गर्नुभएको थियो । महिलाहरुको तर्फवाट बोल्दै ब्रान्डफोर्ड बाट आउनु भएकी समाज सेवी श्रीमती शारदा रावलवाट नेपालीहरुले अमेरीका रहेर पनि आफ्नो जन्म भुमिमा जन्मीएका भगवान वुद्धको सम्मान र माँया नभुलेको तथा नेपाली आमाहरुले जन्माएका शन्तान पनि भगवान जस्तै हुन र हामी सबैले शान्तिको कामना गर्नु पर्छ भन्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राम चन्द्र रेग्मीले हरेक वर्ष नेकोनको अयोजनामा निरन्तर गरीरहेको भगवान वुद्धको यस जन्म जयन्तीको कनेक्टिकटवासी हामी नेपाली तथा गैर नेपालीहरुको लागी एक महत्वपुर्ण कार्यक्रम भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । यसैगरी अतिथि गौरीश्वर शर्माले हामी जहाँ रहेपनि हामी नेपालीहरुको धार्मिक सहिष्णुता  एक उदाहरणीय रहेको बताउनु भयो भने मन्दिरको भिक्षुहरुको तर्फवाट समेत आयोजक प्रति धन्यवाद ज्ञापन गरिएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष शंकर प्रसाद ढकाल ले हामी नेपालीहरु भगवानहरुले जन्म लिने देशमा जन्मेका हामी जन्मदैँ भग्यमानी हौ भन्दै भगवन वुद्धको उपदेश शीरोधार्य गरी उहाँले देखाएको शान्तिको बाटोमा हिँड्न सके र उपदेश अगाँल्न सके हाम्रो देश र हामी नेपाली विश्वमै एक हुने थियौ भन्दै उपस्थित सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई धन्यवाद दिनुभएको थियो । उक्त औपचारिक कार्यक्रमको संचालन संस्थाका स–सचीव केशव शर्मा दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया