एएनएस सम्पदा फोटो(तस्बिर )प्रतियोगिता २०१७ हुने

इनेप्लिज २०७४ जेठ ३ गते २३:०९ मा प्रकाशित

उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) वासिङ्टन डिसीको ५० औं वार्षिकोत्सवको अवसरमा ‘एएनएस सम्पदा फोटो प्रतियोगिता २०१७’’ को आयोजना गर्ने भएको छ l

उत्कृष्ठ तस्बिर लाई पहिलो, दोस्रो र तेस्रोमा छुट्याइने आयोजक संस्थाले जनाएको छ । प्रथमले क्याननको क्यामेरा (चित्रग्राहिणी) पाउनेछन् भने दोस्रो र तेस्रोले पनि क्यामेरा (चित्रग्राहिणी) नै पुरस्कार पाउने छन् ।

संयोजक तथा प्रथम निर्णायक कुमार श्रेष्ठका अनुसार फोटो प्रतियोगितामा नि :शुल्क भाग लिन सक्ने छन् । आयोजकको इमेलमा इच्छुकले दुई वटा सम्पदाको तस्बिरहरु पठाउनुपर्नेछ । मे २५ सम्ममा इच्छुकहरुले ६ एमबी अथवा ३ सय डिपीआइको तस्बिर पठाउनु पर्नेछ ।

‘दुईवटा देशको सम्पदा बचाउन र प्रवर्धनका लागि फोटोले अहम भूमिका खल्ने भएकाले यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने,‘पुरानो सम्पदा भनेको मानव सभ्यताको परिचय हो र यसलाई बचाई राख्नुपर्ने अहम भूमिका पनि हाम्रो नै हो ।’

प्रतियोगितामा अमेरिकामा बसोबास गरेका जो कोही नेपालीले र अमेरिकनले भाग लिन पाउने छन् । तिन जनाको निर्णायक मण्डलले उत्कृष्ठ पहिलो ,दोश्रो र तेस्रो सम्पदा फोटो छान्ने छन् । उत्कृष्ठ भएका प्रतियोगीहरूलाई क्यामेरा(चित्रग्राहिणी ) र प्रमाणपत्रले ५० औं वार्षिकोत्सवमा सम्मान गरिने छ ।

नेपालका लागि अमेरिकन राजदुत स्व एल्सबर्थ बंकर यस गरिमामय संस्थाका संस्थापक मानार्थ सभापति रहेका थिए l तत्कालिन अमेरिकन राजदुत बंकर भियतनाम युद्धमा खटिएका समयमा डीसीमा नेपाल अमेरिका सोसाइटीको जन्म भएको हो भने संस्था १९६७ मा स्थापना भएको हो l

फोटोग्राफीमा इच्छा राख्नेहरुले ([email protected] )मा आफूले खिचेको सम्पदाको फोटो(तस्बिर) पठाउन सक्नेछन् । उक्त छायाचित्र लाई वार्षिकोत्सवमा प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया