अमेरिकामा तुलसी दिवस लाई अभिनन्दन गरिने

इनेप्लिज २०७४ जेठ २ गते २२:३९ मा प्रकाशित

प्रशिद्ध साहित्यकार तुलसी दिवस लाई अमेरिकाको डिसी महानगर क्षेत्रमा अभिनन्दन गरिने भएको छ l उनलाई आगामी जेठ १३ गते (तदनुसार मे २७ तारिख ) का शनिबारका दिन अभिनन्दन गरिने जानकारी प्राप्त भएको छ l

साहित्यकार तुलसी सन् २०१३ मा अमेरिका आई अमेरिकाका विभिन्न राज्यमा उनलाई सम्मान गरिनुको साथै उनले एकल कविता वाचन पनि गरेका थिए l उनलाई अभिनन्दन गरिने स्थान र समय भने तोकिएको छैन l उनलाई सन् २०१३ मा डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाले सम्मान गरेका थिए l र यस डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अभिनन्दन समारोहमा सरिक भै कार्यक्रमको हौशला बढाउन समेत आग्रह गरेका छन् l

उनले अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरेका छन् । यिनले नेपालमा विभिन्न समयमा प्राध्यापन गरेका छन् भनें विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका छन्।

तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन्। त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन्। यीनले संकलन गरेका कान्छि मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए।

नेपाली लोककथा, नेपाली लोकबाजाहरू, अङ्रेजी र नेपाली, तुलसी दिवसका कविता, फोकटेल फ्रम नेपाल आदि यिनले लेखेका केही पुस्तकहरू हुन्। यिनले साहित्य, संस्कृति र संगीतको क्षेत्रका विभिन्न पुरस्कार पाएका छन्। सुप्रवल गोर्खाबाहू, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार लगायतका पुरस्कार यिनले पाएका छन्।

यिनले त्रिचन्द्र क्याम्पस र पद्मकन्या क्याम्पसमा लामो समय नेपाली भाषा प्राध्यापन पनि गरेका छन्। हाल उनी नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्षको रूपमा कार्यरत रहेका छन्। कार्यक्रम बारे बिस्तृत जानकारी छिट्टै आउने भएको छ l

प्रतिक्रिया