असनबाट चन्दका छ कार्यकर्ता पक्राउ

इनेप्लिज २०७४ जेठ २ गते १४:५५ मा प्रकाशित

काठमाडौँ, २ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका छजना नेता कार्यकर्तालाई आज असनबाट प्रहरीले पक्राउ गरेको छ ।

विरोध प्रदर्शनको तयारी गरिरहँदा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रद्युम्नकुमार कार्कीका अनुसार पक्राउ पर्नेहरुमा लक्ष्मीकुमार रायमाझी, विवेक बिष्ट, धर्मेेन्द्र उपाध्याय, विजय थापा, सुदर्शन थापा र जयसिंह सार्की रहेका छन् ।

निर्वाचन विरोधी गतिविधिमा रहेका कारण सो समूहलाई नियन्त्रमा लिइएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया