बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १७:४०
वासिङटन डिसी 07:55

सक्षम एनआरएन मेरो प्रतिवद्धता ।

इनेप्लिज २०७४ जेठ २ गते १४:३४ मा प्रकाशित

एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले आगामी कार्यकालको अध्यक्षको लागी उम्मेदवारि घोषणा गनुभएको छ ।

विगत १५ बर्षदेखि अमेरिका बस्दै आउनु भएका पोख्रेलले एनआरएन अमेरिकाको तल्लो तहदेखि काम गर्दै आएको आफ्नो योगदान र अनुभवको आधारमा आफ्नो उम्मेदवारि पेश गरेका हुन् । एनआरएन अमेरिकामा नवीन सोच, स्पस्ट योजना र विश्वस्त कार्यान्वयन क्षमता जरुरी रहेको भन्दै पोख्रेलले आफ्नो उम्मेदवारि यी तिनै कुराको संयोजन भएको बताए । “संसारकै सबैभन्दा ठुलो एनसीसी हुनुका नाताले हाम्रो जिम्मेवारि पनि ठुलो छ, यहि मर्मलाइ आत्मसाथ गर्दै नयाँ एनआरएनलाई सबैको साझा संस्थाको रुपमा विकास गर्दै नयाँ गतीमा अधि बढाउन मैलै उम्मेद्धवारि दिएको हुँ ।” उनले भनेका छन् ।
एनआरएन अमेरिकाको तल्लो तहबाट क्रमशः अधि बढ्दै आएकोले आफु संस्थाको वास्तविक मर्म बुझेको उम्मेद्धवार भएको दाबी गरेका पोख्रेलले १७ बुँदे चुनावी प्रतिबद्धता समेत जारि गरेका छन । उनको प्रतिबद्धता पत्रमा संगठन विस्तार, सामुहिक लगानी, परोपकारी कोषको स्थापना, अन्य स्थानीय संस्थासंगको हातेमालोदेखि, नेपाली मौलिकताको प्रबर्धन र अमेरिकी सरकारको विभिन्न निकायसंग समन्वय गर्दै नेपाली पहिचान स्थापित गर्ने योजनाहरु सम्म छन् । “युवाको सहभागिता बढाउनेदेखी लगानी र परोपकार कोष स्थापना गर्ने मेरा प्राथमिकता छन्,” उनले भने, “अमेरिकामा रहेका विभिन्न संघसंस्थासंग कार्यगत एकता गरि एक मजबुत डायस्पोरा निर्माणमा मेरो प्रयास हुनेछ ।” “सेवाको लागी एकता” भन्ने नारा बोकि चुनावी मैदानमा होमिएका पोख्रेलले भने । हरेक सदस्यबाट मासिक एकडलर नियमित संकलन गरि एक आपत्कालीन कोष संकलन गर्ने योजना बनाएका पोख्रेलले एनआरएनहरुको सामुहिक लगानीमा प्रत्येक बर्ष कम्तिमा एक व्यवसायीक योजना संचालनमा ल्याउने र दोहोरो कर प्रणाली अन्त्यको लागी अवश्यक योजना पनि बनाएका छन् । नेपाली बहुल अमेरिकी शहरहरुमा कम्तिमा एउटा सामुदायीक भवन निर्माण गर्ने योजना पनि समेटेका छन् ।

एनआरएन अमेरिकालाइ प्रविधिमैत्री बनाउने, टेलीफोन हटलाइन र विभिन्न पेशा व्यवसायका विज्ञसंग परामर्श क्लिनिक संचालन गर्ने तथा अमेरिकाका प्रत्येक राज्यसंग समन्वय गरि नेपाल डे घोषणा गर्न पहल गर्ने जस्ता कुराहरु पोख्रेलले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

“हाम्रो समुदायको क्षमतालाइ अझ सवल बनाउने र हाम्रा अफ्ठ्यारहरुलाई फुकाउन सक्षम एनआरएन हामीलाइ चाहिएको छ ।” उनले भने ।
एनआरएन अमेरिकाको आगामी कार्यकालका लागी वर्तमान अध्यक्ष केशव पौडेल सहित ६ जनाले अध्यक्षमा उम्मेद्धवारि दिएका छन् । नयाँ सदस्यता प्रमाणिकरणको काम सकिएकोले आगामि साता निर्वाचनको मिति तोकिने अनुमान गरिएको छ ।

प्रतिक्रिया