ग्लोबल नेपाल टेलिभिज़न’को समुद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न

इनेप्लिज २०७४ जेठ २ गते ८:१० मा प्रकाशित


नयाँ वर्ष २०७४ को उपलक्षमा ‘ग्लोबल नेपाल टेलिभिज़नले गरेको समुद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । डिसी, भर्जिनिया तथा मेरिल्यान्ड वरपर बस्नु हुने महानुभावहरुमध्ये करीब ५०० जनाको उपस्थिति रहेको सो कार्यक्रम अलिक फरक ढंगमा प्रस्तुत भएको थियो । सभापतित्व बिना नै सुरु गरिएको उक्त कार्यक्रम पञ्चकन्याद्वारा भित्र प्रवेश तथा द्वीप प्रज्वलन गरी, त्रय कुमारद्वारा मन्त्र वाचन् गरी, लोकप्रिय गायक प्रेम राजा महतद्वारा पानसमा बत्ती बाली समुद्घाटन गरिएको थियो । संस्थापक सदस्य मदन थापाले स्वागत गरेसँगै सुरु भएको प्रतिभा प्रस्तुती (Talent show )कार्यक्रम भब्य रुपमा सन्चालन भएको थियो । ट्यालेन्ट शो मा १९ जना बालबालिकाहरुले भाग लिये मध्ये बर्षा पराजुली प्रथम, आर्श्या पौडेल द्वितीय र सँस्क्रिति लामा तृतीय भएका थिए । कार्यक्रममा फ्युजन ब्यान्डका कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाएका थिए भने अन्त्यमा मनासस भजन टोलीले आफ्नो मीठो भजन प्रस्तुत गरेसँगै कार्यक्रमको समापन भएको थियो । अन्त्यमा राजेन्द्र खनालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण उपस्थित तथा अनुपस्थित दर्शकहरुमा यदि आफूसँग कुनै पनि बिधामा दक्षता भयेमा सँगै अगाडि बढ्न सकिने कुराको जानकारी गराउँदै आकर्षक कार्यक्रमहरु लिएर आउन हुन आह्वान गरेका थिए । सोही दिन मदर्स डे परेका कारण ६५ बर्ष उमेर पुगेका सात जना आमाहरुलाई पनि उपहार दियी सम्मान गरिएको थियो भने कार्यक्रमको सन्चालन संस्थापक सदस्य सृजना उप्रेतीले गर्नु भएको थियो । कार्यक्रमलाई अझ आकर्षक बनाउनका लागि बिंगो गेम पनि खेलाइयेको थियो भने जसमा ८ जना दर्शकले पुरस्कार जित्न सफल भएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरुले डिसी भर्जिनिया क्षेत्रबाट यो ग्लोबल नेपाल टेलिभिजनको सुरुआत भएकोमा खुशी ब्यक्त गर्नुका साथै उज्ज्वल भबिस्य को कामना गरेका थिए । कार्यक्रम सफल पार्नका लागि सघाउनु हुने सम्पूर्ण स्वयम्सेवक टिम, पत्रकार तथा टालेन्ट शो मा भाग लिने जति सबैलाई धन्यवाद सहित प्रमाण पत्र दिने कार्यक्रम सोही दिन गर्न नसके पनि आउँदा दिनमा धन्यवाद सहित प्रमाण पत्र दियी सम्मान गरिने कार्यक्रम राखिने जानकारी टिभी सँस्थापक सदस्यहरुले जनाएका छन् ।

यो टेलिभिजन फोन, आइफोन, आइप्याड, ल्यापटप, कम्प्युटर, टिभी तथा जुनसुकै डिभाइसबाट पनि जुनसुकै ठाउँमा, जुनसुकै समयमा हेर्न सक्नु हुनेछ । यस टेलिभिजनमार्फत सुरुका दिनहरुमा प्रसारण गरिने कार्यक्रमहरुको सुची यसप्रकार रहेको छ ।

१. विश्व समाचार र साप्ताहिक समाचार
२.साझा चौतारी (विविध, ट्यालेन्ट शो )
३. नेपथ्यमा नेपाल (टक शो )
४. दिदीको घर (बालबालिकाको लागि )
५. जिरो नम्बर (कमेडी टेली सिरियल)
६. छेड़छाड़ (कमेडी सिरियल)
७. सुशासन र विकाश ( नेपालको भ्रष्टाचार उन्मूलन र विकाश सम्बन्धी )
८. साप्ताहिक तथा वार्षिक राशिफल
९. डकुमेन्ट्री (बिविध ठाऊँहरु)
१०. जिन्दगीका रंगहरु (टक शो)
११. हाम्रो सँस्कार ( धार्मिक कार्यक्रम )
१२. काव्य र कुरा ( साहित्य र कला)
१३. भुटानी ढुकढुकी ( मनोरन्जनात्मक )
१४. अर्थ सन्चार (आर्थिक व्यवस्थापन)
१५. म्यूज़िक भिंडियों (विविध)
१६. नयाँ तथा पुराना मुभीहरु
१७. अन्य विशेष आकर्षक कार्यक्रमहरु

 

प्रतिक्रिया