शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १९:३२
वासिङटन डिसी 09:47

काठमाडौंको पछिल्लो परिणामः एमाले अगाडी, साझा दोस्रो स्थानमा

इनेप्लिज २०७४ जेठ २ गते ७:१४ मा प्रकाशित

काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकाको मतगणना दुई स्थानबाट सुरु भएको छ । वडा नम्बर १ र ३२ बाट भएको मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले २७२ मत ल्याएर अग्रपक्ति कायमै राखेका छन् ।
त्यस्तै कांग्रेसका राजुराज जोशीले १७९ मत ल्याएका छन् । उनी साझा पार्टीका किशोर थापा भन्दा पछाडि छन् । साझा पार्टीले दोस्रो स्थान कायम गरेको छ । साझापार्टीको १९९ मत प्राप्त भएको छ भने विवेकसिलको १४९ मत पुगेको छ । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले अहिलेसम्म १८ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ३२ वडाका सय मत र १ का ८६४ मत गनिएको छ ।

प्रतिक्रिया