बाल्टिमोरमा हुने मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को लागि माल्भिका सुब्बा आउने ,आवेदन पत्र खुला

इनेप्लिज २०७४ जेठ २ गते १:२२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ l

९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरिएको जनाएको छ l

आवेदक पुरुष तथा महिलालाई जुन ५ तारिख सम्म संस्थाको आधिकारिक संजाल (वेब )मार्फत दरखास्त दिन आव्हान गरेको छ l जुलाई २ तारिख भब्य कार्यक्रम बिच मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गरिने छापा बिज्ञप्तिमा जनाएको छ l

नेपाली संस्कृति शैलीको उत्सव ( अ फिएस्टा अफ नेपाली कल्चर इन स्टाएल ) मा उक्त कार्यक्रम हुने छ l यसको लागि नेपाल कि प्रसिद्ध भेषभूषा अभिकल्पकार (डीजाइनर ) सुबेक्षा भडेल हुने छिन् भने कार्यक्रमको सह अध्यक्षहरुमा बिराज श्रेष्ठ तथा मिस एएनए नेपाल २०१४ कि रिया श्रेष्ठ रहने भएका छन् l

यसै गरि सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्ने छिन् l बिजताहरुलाई नेपाल आवत जावत को निशुल्क हवाई जहाजको टिकट (निशुल्क प्रवेश पत्र ) को व्यवस्था गरिने छ l उक्त व्यवस्था अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित एरो नेपाल ट्राबल तथा एयर जोन ट्रावल ले प्रयोजन गर्ने छन् l

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :

मिस्टर एण्ड मिस एएनए नेपाल २०१७

 

 

प्रतिक्रिया