मंगलबार, असोज १२ २०७८
काठमाडौं ००:२९
वासिङटन डिसी 14:44

कांग्रेसले जित्यो थप दुई गाउँपालिका

इनेप्लिज २०७४ जेठ १ गते १६:२१ मा प्रकाशित
 काठमाडौं ,१ जेठ । मनाङको एउटा र मुस्ताङका दुईवटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेद्वार सुर्वणकुमार बिष्टले जित हात पारेका छन् ।

उनी ६ सय २ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएकी छिन् ।

मनाङकै नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै चन्द्रबहादुर घले विजयी भएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी कमलामाया गुरुङ विजयी भएकी छिन् ।

त्यसैगरी मुस्ताङको घरपजोङ गाउँपालिका  अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिकाको अध्यक्षमा असबहादुर थापा विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ विजयी भएकी छिन् ।

प्रतिक्रिया