बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १९:१६
वासिङटन डिसी 09:31

मलेसियामा कराते खेलाडिहरुको बेजोड प्रस्तुती कर्ण राइले फेरी स्वर्ण पदक हात पारे ।

इनेप्लिज २०७४ जेठ १ गते २:३८ मा प्रकाशित

गएको हप्ता मे 6 तारीख 14th अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामा स्वर्ण जितेका पदकधारी कर्ण बहादुर राईले आज.मे,14 तारिख फेरि स्वर्ण पदक जितेका छन्… मे 13 र 14 तारीख,18th मिलो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता आज क्वालालम्पुरको ब्याडमिन्ट हल,चेरासमा सम्मपन्न भयो।

नेपालको तर्फबाट विलो 84kg. मा पदकधारी कर्ण बहादुर राइले फेरि स्वर्ण पदक जित्नुभएको छ । पहिलो राउन्डमा इन्डोनेशियालाई पाखा लगाएर अनि दोस्रो राउन्डमा फिलिपिन्सलाई हराएर साथै सेमिफाइनलमा सिङापुरको राष्ट्रिय खेलाडीलाई हराउदै फाइनलमा मलेशिया लाई सजिलै सङ पाखा लगाउदै स्वर्ण पदक हातपारेका हुन। एसै गरि नेपालबाट आउनु भएका राष्ट्रिय खेलाडी साथै लैनचौर सितोरियो कराते डाेजाेका खेलाडी सुनित घर्ती मगरले विलो 75 kg. मा कास्य पदक जितेका छन साथै नेपाली प्रवासी सितोरियो कराते बाट गणेश तामाङले विलो 55kg. मा कास्य पदक प्राप्त गरेका छन।

नेपालको तर्फबाट रेफ्रीहरुमा प्रवसी सितोरियो कराते सङका अध्यक्ष तथा एसियन रेफ्री योगेन्द्र कोइराला, क्रमश अन्तरास्ट्रिय रेफ्री राम तामाङ, हरिलाल थापा मगर र दिपक बोहरा थिए। नेपालको तर्फबाट अफिसियलमा अनित न्यौपाने हुनुहुन्थ्यो भने टिम कोचमा ज्ञानु मगर हुनुहुन्थ्यो र नेपाली प्रवसी सितोरियो करातेको तर्फबाट अफिसियलमा नर्बु तामाङ हुनुहुन्थ्यो भने टिम कोचमा लक्ष्मी क्षेत्री हुनुहुन्थ्यो। सहभागी देशहरूमा इन्डोनेशिया,फिलिपिन्स,नेपाल,सिङापुर,उज्वेकिस्तान,मलेशिया,बङलादेश,ईन्डिया र सिरिया थियो भने सबैभन्दा बढी मेडल जितेर मलेशिया प्रथम भएको थियो।

प्रतिक्रिया