नेजाले टेक्ससमा एनआरएन अध्यक्ष पदका उम्मेदवारका बहस आज मे १४ तारिखमा गर्दै

इनेप्लिज २०७४ वैशाख ३१ गते १२:०९ मा प्रकाशित

मे १४ ,नेपाल अमेरिका पत्रकार संघ, नेजाले टेक्ससको ड्यालसमा गर्न लागेको एनआरएन उम्मेदवारका आकान्क्षी बिच १४ मे २०१७ आइतबार गर्न लागेको बहस कार्यक्रम पूर्व निर्धारित समयमा हुन लागेको जानकारी गराउन चाहान्छौं ।

नेजाले टेक्ससको ड्यालसमा एक पटक उम्मेदवारका आकांक्षी बीच बिच बहस चलाइ सकेको र पूर्व निर्धारित समयमा चुनाव हुन नसकिरहेको अवस्थामा, चुनाव किन हुन सकेको छैन, चाडो भन्दा चाडो चुनाव गर्न कसको के कस्ता दायित्व रहन्छन् भनी जटिल पाटो खडा भएको हुँदा सार्वजनिक महत्व्को विषयमा बहसको आयोजना गर्नु झनै सान्दर्भिक भएको हुँदा उम्मेदवारी पूर्व र पश्चात् समेत गरिने जानकारी गराउन चाहान्छौ ।

सद्स्यता छानबिनमा अन्योलता भई अमेरिकी समाजमा एन आर एन सम्बन्धी सतही रूपमा धेरै चर्चा परिचर्चा भएको अब्स्थामा समाजमा सरोकारवालाहरुलाई एउटै मञ्चमा खडा गरी सही मार्ग्दर्शन प्रदान गर्नु पत्रकारिताको आधार भएको सम्झी पत्रकार तथ सन्चार संस्थाका विभिन्न कार्यक्रममा सदैव नेजाले हातेमालो गर्ने तथ आफैँले गर्न समेत पहल कदमी गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।

 

प्रतिक्रिया