बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २२:३८
वासिङटन डिसी 12:53

अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक बलाल लाई नेपालको झन्डा मुनि दोब्बर छैठौ कालो फित्ता उपाधि प्राप्त

इनेप्लिज २०७४ वैशाख ३१ गते ११:४१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्ण बहादुर बलाल लाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छ l

उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक बलाललाई पाठशालाले उनि सहित अन्य ५ जना छैठौ ब्लाक बेल्ट डिग्री प्रदान गरेको हो l उक्त पाठशालामा नेपाली प्रशिक्षक ,खेलाडी तथा प्रतियोगितामा नेपालको व्यापक प्रतिनिधि रहने हुनाले उक्त तेक्वान्दो पाठशालामा नेपालको झन्डा शानदार सम्म भित्तामा अन्य देश संगै सजिएको छ l

बलालले नेपालको झन्डा रहेको उक्त प्रशिक्षण कक्षमा बिशेष प्रस्तुति गर्दै बिशेष समारोहमा बलाललाई छैठौ उपाधि ले सम्मान गरिएको छ l संस्थापक एचके ली कोरियन मुलका हुन् भने उनले नेपालीलाई माया गर्ने र विश्वास आफु भित्र रहेको बताउदै उक्त पाठशालाका पूर्व चेला तथा प्रशिक्षक कुमार कार्कीको नाम लिदै उनको भूमिकाको सराहना गरेका थिए l

प्रशिक्षक बलाल ले नेपाल बाट नै छैठौ कालो फित्ता उपाधि प्राप्त गरि सकेका हुन भने उनको गत मे १३ तारिखमा दोब्बर छैठौ उपाधि प्राप्त गरेका हुन् l  उनि निर्णायक को भूमिका को निर्वाह गर्छन भने उनि क समुहका प्रमाणित निर्णायक पनि हुन् l बलाल बिश्वका ३० वटा देशमा टोलि नेता ,व्यवस्थापक ,निर्णायक तथा खेलाडीको रुपमा सहभागिता गरि सकेका छन् l

उनि नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो फेडेरेसन ,युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष पनि रही सकेका छन् lसन् २०१२ देखि डीसी को ली-तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत छन भने उनि नेपाल तेक्वान्दो फेडेरेसन का वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स तेक्वान्दो फेडेरेसनका सल्लाहकार पनि हुन् l

प्रतिक्रिया