मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:४९
वासिङटन डिसी 21:04

कांग्रेसको लफडाले हुम्लामा गोली चल्यो

इनेप्लिज २०७४ वैशाख ३१ गते ९:४८ मा प्रकाशित

काठमाडौं, ३१ वैशाख । स्थानीय निर्वाचनअन्तर्गत हुम्लामा मतदान भइरहँदा सत्तारुढ नेपाली कांग्रेसका दुई समूह (आधिकारिक र वागी उम्मेदवार पक्षधर)बीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका दुई समूहबीच दिउँसो झडप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको डिएसपी कमल नेपालीले जानकारी दिएका दिए । खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ हो ।

उनका अनुसार कर्णालीको तिरमा रहेको मतदानस्थल नजिकै एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार भएको थियो । जसका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो ।

प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आएकाले मतदान सुचारु भएको छ ।

प्रतिक्रिया