डीसीका कराते खेलाडीलाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त

इनेप्लिज २०७४ वैशाख ३१ गते ०:५१ मा प्रकाशित

मे १३ ,डीसीका कराते खेलाडी ठकुरी लाई नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा वर्ल्ड च्याम्पियनशिप बेल्ट (पेटी ) प्राप्त गरेका छन् l उनले उक्त प्रतियोगितामा भिडन्त गरेर प्राप्त नगरी अहिले सम्म कसैले प्रस्तुत नगरेको बिशेष प्रस्तुति गर्दा उनलाई आयोजकले बिशेष सम्मान गर्दै बिश्व प्रतियोगिताको पेटी प्रदान गरेका हुन् l

उक्त अन्तर्राष्ट्रिय किक बक्सिङ्ग तथा वर्ल्ड मार्शल आर्ट च्याम्पियनशिपमा उनले पहिलो प्रस्तुतीमा ४० पाउण्ड तौल दातले उठाएर शरीरमा ४० पाउण्ड तौल् बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पुरै फांग गरी अण्डा नफुटाइ ३ वटा काठको बोर्ड फुटाएका थिए l

त्यसै गरि दोस्रो प्रस्तूतिमा ४० पाउण्ड दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वटा काठ को बोर्ड २ खुट्टा पुरै फांग गरी फुटाएका थिए l  उनको तेश्रो प्रस्तुतिमा उनले दात र शरीरमा गरी १ सय ४० पाउन्ड तौल उचालेका थिए भने चौथो प्रस्तूतिमा उनले २ खुट्टा पुरै फांग गरी आफ्नो दात ले १ सय पाउण्ड उचालेर दर्शकलाई चकित पारेका छन् l

करिब् १० मिनेट को ठकुरीको उक्त प्रस्तुतिमा बिभिन्न राज्यबाट आएका खेलाडिहरुले कर्तल ध्वनि को साथ उनलाई हौशला दिएका थिए l उनले आफ्ना सवै प्रस्तुति गरि पछी ठकुरीलाई कुरो बुशि मार्शल आर्ट संगठनका संस्थापक अध्यक्ष ग्रान्ड मास्टर एर्नेस्ट दुकेशले वर्ल्ड च्याम्पियनशिप पेटी तथा सम्मान पत्र प्रदान गरेका थिए !

अमेरिकामा उनलाई संघ/संस्थाले अधिकांशले सम्मान गर्दछन भने नेपाली अहिले सम्म ठकुरीले अमेरिकाको बिभिन्न राज्यहरुमा मार्शल आर्ट खेल तथा प्रस्तुति गरि १५ वटा स्वर्ण पदक ,वर्ल्ड टाइटल् बेल्ट ,प्रमाणपत्र तथा थुप्रै पुरस्कारहरु जिति सकेका छन l

काठमाडौं निवासि ठकुरी बिगत डेढ दशक देखि डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन् l

INTERNATIONAL MARTIAL Arts खेलाडी उज्ज्वल ठकुरी Special Demonstration प्रस्तुत गर्दै (North Carolina USA): जस्मा ४०पौन्ड दातले र ४०पौन्ड जिउले उठाउँदै हातमा अन्डा रखेर अन्डा नफुटाइ १०ओटा काठ बोर्ड फुटाउने! जम्मा १४०पौन्ड दात र जिउले उठाउने!Organized By: KURO BUSHI Martial Arts Organization / International Kickboxing Federation (IKF)

Posted by Enepalese on Saturday, May 13, 2017

प्रतिक्रिया