गीति चलचित्र भाग्यको फस्ट लुक्स सार्वजनिक 

इनेप्लिज २०७४ वैशाख ३० गते ११:०० मा प्रकाशित
नेपाली इतिहासमा नौलो गीति चलचित्र “भाग्य” को पहिलो पोस्टर सार्वजनिक भएको छ । मुख्य नायक/नायिका रहेको तस्वीर सार्वजनिक भएको हो । जय मातृभूमि सिनेमा एण्ड क्रीयशनको ब्यानरमा तयारी हुँदै गरेको उक्त चलचित्र कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को प्रकाशित कृतिहरू मध्य साहित्यमा केही फरक गीतिनाटक “भाग्य” बाट बनेको चलचित्र हो ।
रोशन कुमारको निर्देशनमा राम कार्कीको संगीत रमण थामी र दिना थामीको मुख्य स्वर रहेको छ । चाँडोभन्दा चाँडो बजारमा ल्याउने तयारीमा रहेको चलचित्रमा दुई  दर्जनभन्दा बढी कलाकार र गीत गायनमा गायक/गायिका आधी दर्जन बढी रहेको छ ।

प्रतिक्रिया