अमेरिकाका एनआरएन शाखाहरु रुष्ट ,एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग

इनेप्लिज २०७४ वैशाख ३० गते १:५३ मा प्रकाशित

अमेरिकाका एनआरएन शाखाहरु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका संग रुष्ट भएका छन् l एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग सहित छापा बिज्ञप्ति मार्फत सचेत गराएका छन् l

उक्त छापा बिज्ञप्तिमा एनआरएन एनसीसी बिना राज्यका शाखाको बैधानिकता नै रहदैन भनि उल्लेख गर्दै एनआरएन अमेरिकाको पूर्वार्द्धमा साधारण सदस्यता प्रमाणीकरण सम्बन्धी कार्य भद्रगोल र अपारदर्सी रुपमा नाम प्रकाशित भएकोमा गम्भीर ध्यानआकर्षण ध्यानार्कषण भएको जनाएको छ l

सदस्यता शुल्क तिरेका कयौं बास्तविक सदस्यहरुको बिधुतिय डाक (ईमेल) प्राप्त भएको तर नाम छैन भन्दै नाम छ तर ईमेल आएको छैन भने धेरैको ईमेल पनि आयको छैन नाम पनि छैन भनि दुख व्यक्त गरेको छ l

उक्त छापा बिज्ञप्तिमा शुल्क तिरेर पनि निर्वाचनमा मत हाल्न बाट बन्चित हुन्छ भने त्यो सरासर ग़ैरक़ानूनी, अन्याय एवं संस्था अधोगतिको द्दोतक हो भनि उल्लेख गरेका छन् l एनआरएन राज्य शाखाहरुलाई अनगिन्ती सदस्य हुनेहरुको आएकोले शाखाहरु एक आपसमा बृहद छलफलका बाबजुद छापा बिज्ञप्ति निकाल्न बाध्य भएको जानकारी गराएका छन् l

एनआरएन अमेरीका बिवाद रहित हुन सकिरहेको छैन भन्दै आगामी निर्वाचनलाई क़ानूनी ,बिबादरहित तथा स्बच्छ तरिकाले सम्पन्न गर्नको लागी एनआरएनए एननसीसी अमेरीका संग देहायका बिधी अपनाउन वा गर्न गराउन हामी जोडदार माग गरेका छन् l

छापा विज्ञप्तिको पाठ जस्ताको त्यस्तै :

१- प्रत्यक्ष निर्वाचनमा जाने :- एनआरएनए एनसीसी अमेरीकाले अथक प्रयास गर्दागर्दै पनी प्रमाण गर्नेकाम बिबादरहित हुन नसकेकोले एउटा निर्वाचन नियमावली बनाएर प्रत्येक राज्य शाखा मा एकै दिन प्रत्यक्ष निर्वाचन गरीईयोस। उक्त प्रत्यक्ष निर्वाचनमा हरेक मतदाताहरुको परिचय पत्र चेकगरेर मात्र मतदान गर्न पाईने ब्यबस्था हुनेछ । जसको कारण कसैले फ़र्ज़ी मतदान गर्न पाउने छैनन र नक्कली भोट आफै काटिने छन । संसारमा यो भन्दा अर्कों पारदर्शी निर्वाचन प्राणाली अरु कुनै छैन । हामी गैरआवासिय नेपाली समाजको लागी उक्तदिन एउटा खुशिको पर्व सावित हुनेछ, हामीमा एउटा उमंग आउने छ । केन्द्रवाट प्रत्येक च्याप्टरमा प्रतिनिधिहरु पठाई उनीहरुको रोहवरमा निर्वाचन गराउन सकिनेछ । उक्त निर्वाचन निश्पक्ष सम्पन्न गराउन हामी सम्पूर्ण च्याप्टरहरु अनवरत खट्न तयार छौ ।

२- तेस्रो पक्ष (Third party ) लाई प्रमाणीकरण को ज़िम्मा दिने :-अमेरिकामा बिभिन्न एजेन्सीहरु छन जसलाई प्रमाणीकरण को एउटा भरपर्दो मापदण्ड बनाएर जीम्मा दिएको खण्डमा भरपर्दो र पारदर्शी ढंगले सम्पन्न गरिदिने छन । र उक्त एजेन्सिले काम गरे वापत दिईन् शुल्क हामी राज्यका शाखा (स्टेट च्यापटर)हरुले बेहोर्न तयार छौ ।

३ प्रमाणीकरणसमस्या समाधान समिती :- अपरोक्त माथिका २ तरिकाबाट समस्याको समाधान गर्न तत्कालको लागि असम्भव हुन्छ भन्ने लागेमा एसीसीका अध्यक्ष, प्रमाणीकरण समिति का संयोजक र सम्पूर्ण शाखाका अध्यक्ष सहितको एउटा समिती बनाओ । जुन समितीले बृहद छलफल गरि समस्या समाधानको बॉकि उपाय खोजौ । अन्यथा फेरिपनी अर्कों मुद्दा थपिने सम्भावना बढेर गएको छ ।

उपरोक्त ३ उपाय मध्ये एक उपाय अबिलम्व शुरु गरौ भन्ने माग एनआरएन एनसिसिसंग राख्दै अमेरीकाबासि सम्पूर्ण गैरआवासिय नेपाली जनसमुदायलाई जानकारिको लागी हार्दिक अनुरोध गर्दछौ ।

१२ मई २०१७

स्टेट च्याप्टर अध्यक्षहरु:-

१ जेदु पोखरेल NRN Maryland
२ पुर्ण बानिया NRN California
३ सुमन बस्ती NRN Illinois
४ ईश्वरी भट्ट NRN New Hampshire
५ रेवती अधिकारी NRN North Carolina
६ उत्तम लामीछाने NRN Texas
७ जगनलाल श्रेष्ठ NRN Michigan
८ तेम्वा शेर्पा NRN New York
९ राम ओझा NRN Connecticut
१० मोहन तिमिल्सिना NRN Georgia
११ वासुदेव खनाल NRN Colorado
१२ सुनिल राजकर्निकार secretary -NRN Oregon

प्रतिक्रिया