न्युयोर्कमा एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवार बीच निर्वाचन बहस हुने

इनेप्लिज २०७४ वैशाख २८ गते २२:५२ मा प्रकाशित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरुका विच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका निर्वाचन बहस ” हुने भएको छ ।

नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाहलमा हुने सो कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु र अन्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक किरण मरहठ्ठाले जानकारि दिनुभयो ।

एनआरएन अमेरिकाको आगामी कार्यकालको अध्यक्षको लागी वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, र उपाध्यक्षहरु राम सी पोखरेल, रबिना थापा र डिल्ली भट्टराइ र यूवाउद्यमी गौरिराज जोशीले उम्मेद्धवारि घोषणा गरिसकेका छन् ।

करिब २ घण्टासम्म चल्ने सो कार्यक्रममा उम्मेदवारहरुले आफ्नो चुनावी मुद्धा प्रस्तुत गर्नुका साथै सहभागि सराोकारवालाहरुको प्रश्नको जवाफ पनि दिनु हुनेछ । “वर्तमान कार्यकालको समिक्षा र आगामी चुनावी एजेन्डामा छलफल गर्न यो यस्तो बहस फलदायी हुनेछ ।” एनआरएन अमेरिकाका अध्यक्ष एवं आगामि कार्यकालका अध्यक्षका उम्मेद्धवार केशव पौडेलले भन्नुभयो ।

अमेरिकी राष्ट्रपतिय बहसको शैलीमा संचालन गरिने कार्यक्रम उम्मेद्धवारका चुनावी एजेण्डा र कार्यन्वयनका सवालमा केन्द्रित हुनेछ । “उम्मेदवारहरुको आफ्ना एजेन्डा आम मतदातासम्म लैजान र मतदातालाइ योग्य उम्मेदवारको छनोट गर्न यो कार्यक्रम उपयोगी हुनेछ,” अध्यक्षका अर्का प्रत्यासी कृष्ण पोख्रेलले भन्नु भयो ।

यस्तो अन्तरक्रियात्मक कार्यक्रमले हामीलाइ थप उत्तरदायी बनाउने छ ,अध्यक्षका अर्का प्रत्यासि गौरिराज जोेशीले टिप्पणी गर्नुभयो, “सेवा, सहयोग र एकता भन्ने मेरो एजेन्डालाइ म बहसमा लैजानेछु,” वहाँले भन्नुभयोने ।

बहस कार्यक्रम अमेरिकाका अन्य शहरहरु क्यालीफोर्निया र शिकागोमा समेत आयोजना गरिने बताएइको छ । कार्यक्रममा पुर्वअध्यक्ष जीवा लामीछानेको एनआरएन अभियान बारे संक्षिप्त टिप्पणि प्रस्तुत गरिने छ ।

करिब ३ सयजनाको सहभागिता रहने सो कार्यक्रमलाइ एबिसी न्यूज टेलिभिजन र अमेरिकाका विभिन्न संचार माध्यमहरु, हिमालयखबर डटकम, ह्वाइटहिमाल टिभी डटकम,विश्वन्यूजडटकम, एभरेष्ट टाइम्स डटकम, नेपालय न्यूज डटकम, इनेप्लीज डटकम, नेपालीनेपाली डटकम, लगायतले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

एनआरएनए अमेरिकाको नयाँ सदस्यता प्रमाणीकरणको काम सम्पन्न भै सकेकोले मे महिनाको अन्तिम साता नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारि भैरहेको छ ।

प्रतिक्रिया