क्यानाडामा कार्यशाला गोष्ठी सम्पन्न

इनेप्लिज २०७४ वैशाख २५ गते १:२६ मा प्रकाशित

नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडाले यहि मे ६, शनीबार युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा “दोस्रो  नेसा  कार्यशाला गोष्ठी” आयोजना सम्पन्न गरेको छ। क्यानाडाको अल्बेर्टा तथा अन्य स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने कारीब ५० जना नेपाली प्रध्यापक, शिक्षाबिद, बैज्ञानीक, ईन्जिनियर, डाक्टर, नर्स, पत्रकार आदीहरुको उपस्थिती थियो।

” स्किल नलेज सेयरिंग इन नेपालिज कम्मुनिटिज (Skill and Knowledge Sharing in Nepalese Communities)” नाम दिइएको उक्त  कार्यशाला गोष्ठीमा क्यानाडामा रहेर विभिन्न बिषयमा अनुसन्धान गरिरहनु भएका १२ जना अनुसन्धानकर्ताहरुले आ-आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो। अल्बेर्टा, क्यानाडाका नेपाली मुलका प्राध्यापक, अनुसन्धानरत विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुले नेपाल सम्बन्धी र अन्य रोचक बिषयमा खोजमुलक प्रस्तुती दिईरहँदा कार्यक्रमस्थल नेपालमय भएको थियो। प्राकृतिक तथा वातावरणिय बिज्ञान, स्वास्थ्य तथा पशुचिकित्सा विज्ञान, बिकास तथा समाजिक बिज्ञान, र ईन्जिनियरिङ  गरी ४  चरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  उक्त कार्यशाला प्रस्तुत केही कार्यपत्रहरु ति नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए ।

आयोजक संस्था नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक खगेन्द्र बेलबासेले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक ब्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यशालाको सुरुवात गर्नु भएको थियो।

प्रथम चरणमा प्राकृतिक तथा वातावरणिय बिज्ञान अन्तर्गत ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । यस सामाजिक बिज्ञान चरणको अध्यक्षता डा. बिनोद राजभण्डारीले गर्नु भएको थियो ।   खासगरी मौसम परिवर्तनले नेपालको हिमाली क्षेत्रमा तथा जिब जन्तुमा परेको असरको बारेमा डा. भरत श्रेष्ठले, काठमाडौंको प्रदुशणको बारेमा डा. दिपक पुडासैनि र मौसम परिवर्तनले भक्तपुर जिल्लामा हुने धान र गहु बालीमा परेको असरको बारेमा डा. नारायण कुमार श्रेष्ठले प्रस्तुतिकरण गर्नु भएको थियो।

प्रसब पिडाको अवधी र यसले बच्चामा पर्ने असरको बारेमा अल्बेर्टा युनिभर्सिटीमा अनुसन्धानरत उषा राइले, क्यानाडाको उत्तरी भेगमा भइरहेको परिवर्तन पारीरहेको असरको बारेमा क्यालगरी युनिभर्सिटीमा बिद्याबारिधी गर्दै गर्नु भएका प्रताप काफ्लेले र ग्यास्ट्रिकको लक्षण र यसलाई कम गर्ने उपायहरुको बारेमा डा. कुसुमाकर शर्माले दोस्रोचरणमा आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस चरणको अध्यक्षता बिन्दु थापाले गर्नु भएको थियो ।

तेस्रो चरणमा बिकास तथा सामाजिक बिज्ञान रहेको थियो जसको अध्यक्षता डा जनक आचार्यले गर्नु भएको थियो । यस सेसन ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्रध्यापक रहिसक्नु भएका रिजाइना शहरका शहरी योजनकर्ता डा. पुण्यसागर मरहट्टाले नेपालको बिकासमा सामाजिक तथा सांस्कृतिक समुहहरुले ठुलो योगदान दिन सक्ने भने ललितपुरको पाटनमा रहेको एक नेवारी सांस्कृतिक समुहको उदाहरण प्रस्तुत गर्नु भएको थियो साथै नेपालमा रहेको गुठीको राम्रा-नराम्रा पक्षको बिश्लेषण गर्नु भएको थियो। अल्बेर्टा विश्वबिद्यालयमा नेपालको आयुर्बेदिक ईतिहासमा बिद्यावारीधी गर्दै रहनु मधुसुदन रिमालले परापुर्वकालमा नेपालमा आयुर्बेद राम्रो सँग बिकास भएको थियो जसले अहिलेको बिज्ञानले गर्ने उपचार जस्तै उपचार गर्न सक्थ्यो भनेर आयुर्बेदको एैतिहासिक दस्ताबेजको केही उदाहरण प्रस्तुत गर्नु भएको थियो।

त्यस्तै अल्बेर्टा युनिभर्सिटीमा अनुसन्धानरत बैकुण्ठ प्रसाद आचार्यले नेपाल २ मुख्य पर्यटकियस्थल घले गाउ र घान्द्रुकमा पर्यटन ब्यवसायले आर्थिक, सामाजिक र भौतिक बिकासमा के कस्तो प्रभाव पारेको छ भनेर गरिएको तुलनात्मक अध्ययनलै प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा ईन्जिनियरिङ सेसन सन्चालन गरिएको थियो, जम्मा ३ वटा कार्यपत्र रहेको उक्त सेसनको अध्यक्षता डा. अरबिन्द मैनाली गर्नु भएको थियो। अल्बेर्टा सरकारको ईन्जिनियर रहनु भएका ॠषि अधिकारीले अल्बेर्टाका सडकहरु स्थानमा पहिरो तथा चट्टान खस्ने समस्याको समाधानको लागि गरिएको उपाएहरुको चर्चा गर्दै नेपालका सडकहरु पनि त्यस्तो प्रबिधी अपनाउन सकिने जिकिर गर्नु भएको थियो । त्यस्तै क्यालगरी शहरमा ईन्जिनियरको रुपमा कार्यरत नारायण पोख्रेलले क्यालगरीमा बाढी, डुवान र खडेरीबाट बच्न गरिएको उपायहरुको बिश्लेशण गर्दै नेपालमा पनि  बाढी, डुवान र खडेरीको ठुलो समस्या भएको बताउनु भएको थियो।

अल्बेर्टा विश्वबिद्यालयमा बिद्यावारीधी गर्दै रहनु भएका केशब शर्माले नेपालमा गोर्खा भुकम्प पछीको पुनर्निर्माणका चुनौतीहरुको बारेमा प्रस्तुती गर्दै पुनर्निर्माणलाई दुर्त गती अगी बढाउन के के गर्न सकिन्छ भनेर आफ्नो कार्य पत्र प्रस्तुत गर्नु भएको थियो। बिपद पछीको पुनर्निर्माण नियमित बिकासको कार्यक्रम भन्दा नितान्त फरक र जटिल बिषय भएकोले बिकासित देशहरुमा समेत पुनर्निर्माणले दशौ बर्षमा लिएको उदाहरण पेश गर्दै हाम्रो अवस्था र संरचना हाइटी भन्दा धेरै फरक भएकोले हाम्रो पुनर्निर्माणलाई हाइटीसँग तुलाना गर्न नसकिने र हामी हाइटीकै पथमा छौ भन्नु हतारको टिप्पणी हो भन्ने कुरा प्रष्ट पर्नु भएको थियो । साथै नेपालको भन्दा ठुला ठुला भुकम्प जांदा मध्यम बिकासित दक्षिण अमेरिकि राष्ट्र चिलीमा किन अत्यन्तै न्युन क्षती हुन्छ भनेर आफ्नो चिलीको अध्ययन भ्रमणमा देखेका कुराहरु पनि प्रस्तुत गर्नु भएको थियो ।

नेपालिज स्कलर्स एसोसीयसन (नेसा), अल्बेर्टा विश्वबिद्यालयले अर्को बर्ष मे ५ मा  तेस्रो नेसा  कार्यशाला गोष्ठी आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया