नेजा साधारण सभामा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ वैशाख २३ गते २१:२१ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ l

नेपाल अमेरिका पत्रकार संघ को उद्घाटन पश्च्यात बहस कार्यक्रम सुरु भएको थियो l उक्त बहस कार्यक्रममा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशी सहभागि भएका थिए l बहसमा रबिना थापा तथा कृष्ण पोख्रेलको अनुपस्थित रहेको थियो l

अमेरिकी राष्ट्रपतिको चुनावी बहस जस्तै शैलीमा नेता छान्नको लागि उक्त बहस कार्यक्रम राखिएको थियो l बहस कार्यकम सवा घण्टा सम्म चलेको थियो भने समय अभावको कारण दर्शक तथा सामाजिक संजाल बाट आएका प्रश्नहरु उम्मेदवारहरुलाई सोध्न असमर्थ भएको जानकारी कार्यक्रम संचालक बाल जोशीले जानकारी गराएका थिए l

बहस कार्यक्रम विभिन्न संचार माध्यम बाट प्रत्यक्ष प्रसारण गरिएको थियो l कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशीले आफ्नो परिचय दिदै आफ्ना कुराहरु ,कार्य योजना र प्रतिबद्धता जाहेर गरेका थिए l

कार्यक्रमको अध्यक्षता भोला आश्चर्यले गरेका थिए भने कार्यक्रम संचालक बाल जोशीले ३ चरणमा जम्मा १२ वटा प्रश्न हरु उम्मेदवारहरुलाई राखेका थिए l

प्रतिक्रिया