न्यायिक कार्यसँगै गोर्खाको समिृद्धका लागि काम गर्छु: अशोक देबकोटा

इनेप्लिज २०७४ वैशाख २३ गते ९:१२ मा प्रकाशित

ध्रुब क्षेत्री, गोर्खा । सम्रिद्दी सम्भब छ हाम्रै पालामा हामीले नगरे कसले गर्ने भन्ने नारा लिएर’ समृद्द पालुम्टारको निम्ति नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट पालुमटार नगरपालिकाको मेयरका उम्मेद्वार अशोक देबकोटा ले आफूले मेयरको मुख्य काम न्यायिक कार्यसँगै गोर्खाको समग्र समृद्धिका लागि पनि काम गर्ने प्रतिवद्धता मतदाताका बीचमा गर्नुभएको छ । देबकोटाले घरदैलो कार्यक्रममा नगरको सुशासन जनता मा समान हक र नगरपालिकाको समृद्धिका लागि मेयरमा उम्मेद्वारी दिएको बताउनुभयो ।

स्थानीय तहमा मेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । त्यो समिति मार्फत् मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारी रुपमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । पाटि को नीति र कार्यदिशा पनि समृद्द नेपाल भएको हुनाले नगरवासीको विकास र समृद्धिको सपना पूरा गर्ने आफ्नो बेक्ती गत रुपमा पनि प्रमुख उद्देश्य रहेकै कारण मतदाताले मशाल चिन्हमा मतदान गरी जिताउनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।

शाह बंग्श को हैतिहासिक तथा धार्मिक कोट लिग लिग कोट, हर्मी कोट र अन्या नगरपालिकाका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पूरातात्विक र पर्यटकीय क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको भन्दै देबकोटाले विश्वास व्यक्त गर्नुभयो – ‘अब साँच्चै नै पालुमटार लगाएत समगर्ह गोर्खा को विकास गर्ने हो भने नयाँ शक्ति पार्टी र त्यसका उम्मेद्वारलाई गोर्खाली मतदाताले जिताउनु हुनेछ ।’

पालुम्टारले यौटा सर्कल र मिलेको भूभाग पाएका ले समग्रह पालुमटार का सम्पूर्ण बस्ति वा टोललाइ खाने पानि र यातायात बाट जोड्ने साथै ठाटिपोखरि मा बसपार्क हुने गरि समगर्ह पालुम्टार लाइ रिङ्ग रोड ले घेर्ने प्रमुख योजना रहेको सुनाउदै, ऊहाले पालुमटार नगरपालिकाभित्र सञ्चालनमा नआएको पुरानो पालुमटार विमानस्थल सञ्चालनमा ल्याउनु पनि आफ्नो प्रमुख उद्देश्य रहेको र तेस्को लागि पहल गर्ने उहाँले बताउनुभयो । यो विमानस्थल सञ्चालनमा आयो भने नगरपालिकाको विकास र पर्यटकीय क्षेत्र विकासको लागि सहयोग हुने देबकोटाले बताउनुभयो । देबकोटाले यहा रहेका आदिवासी जनजाति तथा महिलाहरुको आर्थिक अवस्थामा सुधार र आयआर्जनको लागि वैज्ञानिक प्रविधिमार्फत नयाँ कार्यक्रम ल्याउन र त्यसलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ।

देबकोटा ले पालुमटार नगरपालिका लगाएत समगर्ह गोर्खाको समृद्दिको लागि आफु , उपमेयर कि उम्मेदवार देबी माया गिरि र वार्डका उमेद्वारहरु जनता मा:बी आम्पिपल का पुर्ब अंग्रेजी सिक्ष्यक तथा समाजसेबी कृस्न मरहट्टा (पालुम्टार – २) लगाएत सम्पूर्ण वार्ड अदक्ष्य तथा सदस्याहरुलाई आफ्नो गडतन्त्र नेपालको पहिलो अमुल्य मतदान गरेर सहयोग गरिदिन हार्दिक आग्रह गर्नु भएको छ!

प्रतिक्रिया