नेपाल अमेरिका पत्रकार संघको साधारण सभा को तयारी पूरा ,मे ६ देखि ७ साधारण सभा हुने

इनेप्लिज २०७४ वैशाख २२ गते १२:०३ मा प्रकाशित

नेजाको ११ औं साधारण सभाको सम्पूर्ण तयारी सकिएको छ । नेजाको साधारण सभामा सहभागी हुन् नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरु बाट संचार कर्मी ,आमन्त्रित अतिथि तथा विशिष्ट व्यक्तिहरु आउने क्रम जारीको साथै आई पुग्ने क्रम बढ्दो छ l

नेजाले अमेरिका र क्यानडास्थित नेपाली पत्रकारहरुलाई थप निर्भिक, स्वतन्त्र, जिम्मेवार र प्रभावकारी बनाउन प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष देखी नेजा सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार त्रय शिवप्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई संयुक्त प्रदान गर्ने निर्णय समेत समेत गरेको छ l

१ हजार एक सय एक डलर राशीको सो पुरस्कार, विश्व प्रेस स्वतन्त्रताकै सन्दर्भ पारेर यहि मे ६ र ७ मा वासिंगटन डिसीमा हुने साधारण सभामा प्रदान गरिने छ । पुरस्कारका लागि पत्रकार राजेश मिश्रको संयोजकत्वमा सन्जय घिमिरे र कमला थापा सद रहेको एक छनौट समिति गठन गरिएको थियो ।

यस वाहेक नेजाले नेपालमा ग्रामिण क्षेत्रमा रहेर पत्रकारिता गर्नेहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रमको साधारण सभाको उदघाटनका लागि नेपाल स्थित पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ महासचिव उजिर मगर ,अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की लगायत नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं अमेरिकि समुदायका विशिष्ट व्यक्तित्वहरु कार्यक्रममा सहभागि हुने भएका छन् l

मे ६ तारिख बिहान १०;३० बजे विहान शुरु हुने छ l

कार्यक्रम: नेजा एघारौं वार्षिक साधारण सभा

Inauguration Date: May 6 Saturday
Time: 10.30 AM Sharp
Vanue: Best Western Battlefield inn 10820 Balls Ford Rd, Manassas, VA 20109
Nearest Airport: IAD (Dulles International Airport

भवदीय,
गुणराज लुईटेल,
संयोजक, ११औं वार्षिक साधारण सभा तयारी मूल समिति तथा उपाध्यक्ष, नेजा ।
सम्पर्क: 703-720-0360
भोला आचार्य
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ, नेजा

प्रतिक्रिया