अमेरिकाको राजधानी वाशिंगटन डिसी लाई आधार बनाएर अमेरिकन सरकार मा दर्ता भएको गोर्खाली फाउनडेसनले भूकम्पबाट तहस नहस भएको बारपाकमा चौबिसै घण्टा बत्तिको झिलिमिली बनाएका छन् l गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसन डिसी महानगर क्षेत्रमा अतुलनीय काम गर्दै आएको छ l
नेपालका विभिन्न परियोजनामा काम गर्दै आएको संस्थाले नेपालमा भूकम्प गएको ठिक दुई बर्ष भएको अवसरमा गत अप्रिल २५ तारिख आफुले गरेको कामको समिक्षाको साथै भेटघाट कार्यक्रम राख्यो l उक्त भेटघाट तथा सांगीतिक मनोरंजन कार्यक्रममा आफ्ना स्वयमसेवकहरुलाई बोलाई उनीहरुका कुरा सुन्ने ,अनुभव हिस्सा गर्ने र दुखसुखका कुराहरु बाढ्दै उत्प्रेरणा गर्न सफल भएको छ l
नेपाल मा बिजुली बत्तिको हाहाकार भएको अवस्थामा फाउन्डेसनले बारपाकमा आकस्मिक रुपमा चल्ने अस्पताल ,शैक्षिक संस्था तथा अन्य शिक्षालय आदि ईत्यादीको समाधानको लागि पावर जेनेरेटर (विद्युज्जनक) जडान गर्दै अन्धकारमय हुन् बाट मुक्त गराउन ठुलो मानवीय काम गरेको छ l
फाउन्डेसनले केवल २ बर्ष भित्रमा बारपाकमा पहिलो आर्थिक कारोवार गर्ने वित्तीय संस्था खोलेको छ भने १४ वटा स्थानीय व्यवसायलाई वित्तीय सहायता दरमा ऋण प्रदान गरि गाउले को जीवनमा उद्धार गरेको छ l यसको साथै सरकारी बिद्यालय ध्वस भए पछि जमिन खरिद गर्न ऋण दिलाएको छ l
सन् २०१५ म २५ मा भूकम्प गएको १ महिना पछि पावर जेनेरेटर (विद्युज्जनक) जडान गर्नाले गाउँ को खाध्य उद्योग जस्ले १२ सय घर परिवार लाई खाना आपूर्ति गर्थ्यो त्यो अद्वितीय काम गर्न सफल भएको छ l
यसै गरि सन् अप्रिल २५ २०१६ मा भूकम्प बाट क्षति भएको माइक्रो जल बिद्युत परियोजना को पुनर्निर्माण तथा मर्मत सुधार गर्न सफल भएको छ भने पुस्तक तथा अन्य शैक्षिक सामग्री हरु समेत प्रदान गरेको छ l बारपाक मा पाठशालाको सन् २०१६ अक्टोबरमा जमिन समेत खरिद गरेको छ l
गत साल सन् २०१६ मा जुन महिनामा फाउन्डेसनकि युवा सदभावना दुत लाई गाउँमा पठाई ८ सय पुस्तक ,फर्निचर (कुर्सि टेबल )को साथै अध्ययन केन्द्र बनाउन पठाएको थियो l
प्रतिक्रिया