अमेरिकाको सेन्ट लुइस मिजौरीमा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीले बनाएका मुर्तिकला प्रदर्शन गरिएको छ l उनले नेपाल र नेपालको कलालाई प्रबर्धन गर्ने हेतुले उनले बिदेशीहरुको लागि प्रदर्शन गरेका हुन् l
उक्त मूर्तिकला प्रदर्शन उनले सेन्ट लुइस मिजौरी को मस्टरसिड आर्ट ग्यालरी (कला केन्द्र)मा गरेका छन् l सम्भवत कलाकार खत्री अमेरिकाको ईतिहास मा नेपाली मूलका कलाकार मध्ये कै मूर्ति प्रदर्शन गर्ने पहिलो नेपाली कलाकार मूर्तिकार बन्ने अवसर पाएका छन l
नेपाल बाग्लुंग निवासी २५ बर्षिय नेत्र खत्री रविन खत्री नामले पनि चिनिन्छन l दुई बर्ष अगाडी सन् २०१५ मा अमेरिका आएका युवा मूर्तिकार रबिन खत्री सानो उमेरमा आफ्नो काका चित्रकार तथा कलाकार भएकोले काका बाट उत्प्रेरित भै चित्रकला कोर्न सुरु गरेको बताए l
काका कलाकार भएको नाताले त्यो देखे पछि चित्रकला बनाउने र मुर्ति कुद्ने काममा झुकाव भएर आफुले त्यो तर्फ लागेको जानकारी गराए l मानिस बिभिन्न कारणले कलाकार भएता पनि म आफु मुर्ति निर्माण गर्दा आफूलाई चरम आनन्द आउने भएकोले यस पेशामा होमिएको बताए l
सानो उमेर देखि नै कलाकार बन्ने ईक्षा भएकोले उच्च माध्यमिक उत्रीण गरे पछि ललितकला क्याम्पस मा सन् २००९ मा ललितकलामा खत्रीले प्रवेश गरेका हुन् l ललितकलामा प्रवेश गरे पछि मेरो प्राबिधिक,रचनात्मक तथा विश्लेषणनात्मक क्षमतामा वृद्धि हुनमा ठुलो मद्दत पुग्न गयो l
जसको कारण कलाकार खत्री भन्छन ,कलाकार भनेको एक जीवन शैलीको अतिरिक्त व्यवसाय पनि हो l त्यसैले मैले यो अपनाए र यसलाई निरन्तरता दिने कुरामा आफू बिश्वस्त रहेको बताए l खत्रीले ईनेप्लिज लाई केहि दिन पछि फेरी अर्को मूर्तिकला प्रदर्शन गर्ने बताए l
प्रतिक्रिया