पर्बत समाज बेल्जियमको अधिवेशन सम्पन्न

इनेप्लिज २०७४ वैशाख १८ गते २३:५४ मा प्रकाशित

स्वीटजरल्याण्ड । पर्बत समाज बेल्जियमको अधिवेशन सम्पन्न भएको छ । झलक केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिमा उपाध्यक्ष भिम कुँवर , महासचिव दीपक पोखरेल , सचिव युग माया पुन र कोषाध्यक्षमा सिता के सी सर्बसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा काजी , नेपाली, किरण पुन , राकेश क्रमाचार्य , अमृत पौडेल , हिक्मत गुरुङ , पुनम घिमिरे , दर्शन गुरुङ , बाबुराम शर्मा , रक्षा श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिबेशनलाई युरोप लगायत बेल्जियममा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पर्बत समाजले छोटो समयमै बेल्जियममा र स्वदेशमा धेरै राम्रो काम गरेको बताए । उनले भने ‘संस्थाको कार्यलाई व्यक्तिगत रुपमा नभइ सामूहिक रुपमा अघि बढे सबैलाई फाइदा हुनेछ ।’
त्यस्तै नेपाली सम्पर्क समिति बेल्जियमकी अध्यक्ष सिता सापकोटाले बेल्जियममा धेरै नाम मात्रैको संस्था भएको बताए । उनले पर्बत समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरिन ।

प्रमुख अतिथि महामहिम राजदुत श्री लोक बहादुर थापा ,सामाजिक अभियानकर्ता , गैर आवासीय संघ अन्तराष्ट्रिय परिसदका सचिब अर्जुन कुमार श्रेठ , एन आर एन युरोप संयोजक कुल आचार्य , समाज सेवी शिशिर भट्ट ,संस्थापक अध्यक्ष मेख गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया