नेपाली पाठशाला भर्जिनियाले विभिन्न कार्यक्रमकासाथ आफ्नो दोश्रो बार्षिक उत्सब अप्रील २९ ,२०१७का दिन यहाँ सम्पन्न गरेको छ । तीन बर्ष अघि भर्जिनियाको स्थापना भएको नेपाली पाठशालामा ६० जना विद्यार्थीहरुले नेपाली भाषा संस्कृति र संस्कार सिकीरहेका छन । अमेरिकामा हुर्किदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा संस्कार र संस्कृति, बोली अनि व्याबहार सिकाउने उद्देश्यले अभिभावकहरुद्धारा सन २०१५ को मे महिनामा शुरु गरिएको पाठशालाबाट बालबालिकाहरु लाभान्वित भइरहेका छन ।
शनिवार सम्पन्न बार्षिकोत्सबमा ती बालबालिकाहरुले आफ्ना प्रस्तुतीहरुबाट आफ्नो मातृभाषी देश नेपालका बारेमा गीत, संगीत, नाटक र सचित्र आलेखहरु(डकुमेन्ट्री¬¬¬¬¬¬)बाट प्रष्ट पार्न कोशिष गरेका थिए । कार्यक्रमको शुरुवात नेपाल र अमेरिकाका राष्ट्रिय गानबाट गरेका बालबालिकाहरुले डांफे, लालीगुरांस, खरायो र कछुवाजस्ता नेपाली नामका समूहहरु मार्फत गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । आगन्तुक पाहुनाहरुलाई पंचकन्याहरुद्धारा गरिएको स्वागतले पनि राम्रोसंग प्रतिनिधित्व गरेको थियो । पाठशालाका प्राचार्य विष्णु खरेल तथा संस्थापक बिना खड्कालामाले कार्यक्रमलाई जानकारीमूलक ढंगले प्रस्तुत गर्नुभएको थियो ।
विबेक, म्यानन्, श्याम, न्युटन, वर्षा, प्रसिद्धि, रियाना, दिपिसा, समा, कृषिका लगायतका बालबालिकाहरुले रातो र चन्द्र सुर्य जंगी……. बोलको राष्ट्रिय गीत अत्यन्त आकर्षक ढंगले प्रस्तुत गरेका थिए । त्यस्तै रियाना, अन्या,नित्या, मानवी,सुवी, सदीक्षा, मान्याता, सुहाना, स्वाति, साहिरा, अंशु, एभानी, आयुषी, दिपिशा र संस्कृतिले “लेकका हामी केटाकेटी” बोलको गीतमा निकै राम्रो नृत्य प्रस्तुत गरेका थिए । मानवी, प्रग्यप्ति, वर्षा, उर्जा, सुयक्षा, कृष्ण, प्रसिद्धि र समाको “यो नेपाली शिर उचाली” बोलको गीत कार्यक्रमको अर्को आकर्षण थियो । संस्कृति, रेहाना, स्वाति, सुहाना र मान्यताले कर्कलो गाभा बोलको गीतमा गरेको नृत्य पनि आकर्षक थियो । त्यस्तै भाइबहीनीहरु प्रज्ञप्ति, प्रसिद्धि, एन्जिला, एस्ली, सुवी, सदिक्षा, सुवेक्षा, लगायतका बालबालिकाहरुले डांफेझैं नाच्ने, मितिनी ज्यू, पुतली लगायतका शीर्षकमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै केटाकेटीहरुका आफ्नो समूहहरुको प्रस्तुति जस्तै खरायो समूहको कुखुरी कां, कछुवा समूहको आइतबार बिहान, जस्ता गीतहरु आकर्षक थिए । त्यस्तै अस्लि, एन्जिला, मानवी, उर्जा, सिया, सुयक्षा, प्रसिद्धि, कृशिका, सुहाना, सेवनको पानी प¥यो गीतको नृत्य र उर्जा खनालको चौबन्दी चोली अनि रातो घांघर बोलको गीतमा गरिएको नृत्य कार्यक्रमका आकर्षण थिए । बालबालिकाहरुले वारि जमुना, पारी जमुना बोलको धेरै लोकप्रिय गीतमा पनि नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको समूह नृत्यमा हिजो राती बोलको गीतमा गरिएको नृत्य पनि राम्रो थियो ।
नेपालका लागि अमेरिकाका पूर्वराजदुत स्कट डेलेसी, स्थानीय संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरु, नेपाली राजदुतावास वासिङ्टन डिसीका प्रतिनिधि, संचारकर्मी र सहयोगी अभिभावकहरुको बाक्लो उपस्थितिमा सम्पन्न थियो । उक्त दोश्रो वार्षिकोत्सव कार्यक्रममा संस्थापक विना खड्कालामाले नेपाली संस्कृति र संस्कार हाम्रो पहिचान भएकोले दोश्रो पुस्तामा क्रमिक हस्तान्तरण गर्दै जान गरिएको यो प्रयासमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नेपाली पाठशालालाई बोर्ड अफ सुपरभाइजर स्यारोन बुलोभा र बोर्ड अफ डाइरेक्टर रोबर्ट फेथफुलले शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया