नेपाली मुस्लिम समाज कतार द्वारा दूतावासमा ज्ञापन पत्र

इनेप्लिज २०७४ वैशाख १६ गते १८:२९ मा प्रकाशित

ध्रुब क्षेत्री , १६ बैसाख -दोहा” नेपाली मुस्लिम समाज कतार द्वारा नेपाली दूतावासलाइ कतारमा ज्ञापन पत्र बुझाएको छ । सरकारले दोस्रो किस्ताको निर्वाचन गर्ने मिति तय गर्दा नेपालि मुस्लिम समाज लाइ ब्यवास्था गरिएको र मुस्लिम समाजको महान पर्ब रमजान मा चुनाबी मिति तोकिएको भन्दै मुस्लिम गठबन्धनले रुष्ट हुदै सरकारलाइ र विभिन्न राजनैतिक दलहरुलाइ ज्ञापन पत्र बुझाएको थियो । साथै कतारमा भएको नेपाली मुस्लिम समाज कतारले पनि नेपाल सरकारको ध्यानाकर्षण गराउन नेपाल सरकारलाइ दूतावास मार्फत ज्ञापन पत्र बुझाएको सस्थाका अध्यक्ष इन्जिनियर अयुब हक ले बताउनु भएको छ ।

ज्ञापन पत्रमा रमजानको बेलामा मुस्लिम समुदाय भोक भोकै बर्त बस्ने र चुनाबमा आफ्नो भुमिका निर्बाह गर्न गारो हुने बताउदै सरकारले देशको १०% जनसंख्या लाइ उपेक्षित गर्दै चुनाबको किस्ता बन्दी घोषणा गर्नु घोर अपमानित र आपत्ती रहेको भन्दै जेष्ठ १३ भन्दा अगाडि नै दोस्रो किस्ते निर्वाचन गराउन सरकार जोडदार रुपले माग गरेको छ । साथै उक्त ज्ञापन पत्र बुझाउन नेपाली मुस्लिम समाजका अध्यक्ष इन्जिनियर अयुब हक ,उपाध्यक्ष स्माइल पन्त , माहधिबेशन आयोजक कमिटिका अध्यक्ष तथा सल्हाकार यासिन मामा ,र कोशाध्यक्ष सहितको नेतृत्व टिम दूतावास गएको थियो ।

समाज ले दुताबासमा बुजाएको ज्ञापन पत्रको प्रति फोटो मा!!!

प्रतिक्रिया